डुवर्समा कार दुर्घटना, पाँच जनाको मृत्यु

पश्चिम बङ्गालको अलिपुरद्वार जिल्लाको वीरपाडामा कार दुर्घटना हुँदा पाँच जनाको घटनास्थलमै मृत्यु भएको छ भने एक जना गम्भीर घाइते बनेका छन्।

बिहीबार राति भुटानसँग सीमा जोडिएको डुवर्सको वीरपाडा तीव्र गतिमा रहेको कार सडक छेउ रोकिराखेको ट्रकमा ठोक्किँदा दुर्घटना भएको हो।

दुर्घटनामा मृत्यु हुनेहरुमा वीरपाडाका असरफ अली, वरुण सरकार, मनोज शाह, मिथुन दास र सञ्जय विश्वास छन्।  

प्रहरीकाअनुसार बिहीबार अबेर राति फालाकाटा रोडस्थित डिमडी पुलनजिक सो दुर्घटना भएको हो। कार अत्यधिक तीव्र गतिमा रहेका कारण अनियन्त्रित भई ट्रकमा ठोक्किन पुगेको बताइएको छ। 

दुर्घटनामा गम्भीर घाइते भएका शिव मण्डललाई उपचारका लागि सिलगढी पठाइएको छ।

प्रहरीले घटनाका सम्बन्धमा आवयक अनुसन्धान गरिरहेको जनाएको छ।
 

प्रकाशित मिति: : 2020-02-22 11:37:00

प्रतिकृया दिनुहोस्