अरूलाई पनि हुन्छ कि यस्तो मलाई मात्र होला कुन्नि

विनता भट्टराई

(म्यानमार) हाल: थाइल्यान्ड

अचेल घरि-घरि  थोत्रो अतीत ऊतिरै भगाउँछ मलाई।

अझै पनि  बालापनका सम्झनाले बहकाउँछ मलाई।

 

अरूलाई पनि हुन्छ कि यस्तो मलाई मात्र होला कुन्नि

सानो-सानो चोटले पनि आँखाँ झनै रसाउँछ मलाई।

 

आँखा बन्द गरेर घुम्छु मनको आँचलमा कहिलेकाहिँ

संसार भरि पाइला  चाल्ने  मातले मताउँछ मलाई ।

 

मान्छेको चोला कस्तो-कस्तो हुन्छ अचम्मको प्रखाल जस्तो

ओर्लिनु उक्लिनुको दोहोरिने दमले समाउँछ मलाई।

 

जब मनको डुङ्गा माथि उर्लिएर भुमरीमा परिदिन्छ

शून्यताका अबोध चालले बिना अर्थ बचाउँछ मलाई ।

प्रकाशित मिति: : 2020-02-22 23:13:34

प्रतिकृया दिनुहोस्