शिल्पा शेट्टीको छोरीको जन्म, ५ वर्षदेखिको सपना पुरा

एजेन्सी

मुम्बई

विगत पाँच वर्षदेखि छोरीको आशामा रहेकी बलिउड नायिका शिल्पा शेट्टीको सपना पुरा भएको छ। उनले शिवरात्रीको दिन आफू छोरीको आमा बनेको घोषणा गरिन्। १५ फेब्रुअरीमा शिल्पा र उनको व्यवसायिक श्रीमान राज कुन्द्राले सरोगेसीमार्फत छोरीलाई जन्म दिएका हुन्। छोरीको नाम समिसा शेट्टी कुन्द्रा राखिएको छ। 

शिल्पाले आफ्नो सोशल मिडियामा भनेकी छिन्, ‘ओम श्री गणेशाय नमः। हाम्रो प्रार्थनाको उत्तर चमत्कारीक ढंगले भएको छ। हामी हार्दिक कृतज्ञता ज्ञापन गर्दै सानी पुतली समिसा शेट्टी कुन्द्राको आगमनको घोषणा गर्दछौं। १५ फेब्रुअरीमा २०२० मा उनको आगमन भयो। संस्कृतमा उनको नामको अगाडीको शब्द ‘सा’ को अर्थ ‘भइसकेको’ हुन्छ भने रुसी भाषामा ‘मिसा’ को अर्थ इश्वर हो’, उनले भनिन्। 

शिल्पाको यसअघि पनि एउटा छोरा छ। उनी पुरानो अभिनेत्री भाग्यश्रीको छोरासँग नयाँ फिल्ममा देखा पर्दैछिन्। मुम्बईबाट सार्वजनिक हुने मिरर पत्रिकाका अनुसार शिल्पा पछिल्लो ५ वर्षदेखि दोस्रो बच्चाको तयारीमा थिइन। 
 

प्रकाशित मिति: : 2020-02-23 06:41:24

प्रतिकृया दिनुहोस्