विपी राजमार्गमा गाडीको ठक्करबाट एक बृद्धाकाे मृत्यु, तीन घण्टादेखि सडक अबरुद्ध

विपी राजमार्गमा गाडीको ठक्करबाट एक जनाको मृत्यु भएपछि स्थानीयले सडक अबरुद्ध गरेका छन्। 

 सिन्धुलीको गोलन्जोर गाउँपालिका ७ तल्लोवारामा गाडीले ठक्कर दिँदा तल्लोवाराका ५० वर्षीय नन्दलाल श्रेष्ठको मृत्यु भएपछि स्थानीयले ३ घण्टादेखि राजमार्ग अवरुद्ध गरेका हुन्।

इलाका प्रहरी कार्यालय खुर्कोटका अनुसार सोमबार बिहान करिब ५ बजेको समयमा गाडीले ठक्कर दिदाँ श्रेष्ठको मृत्यु भएको हो।

ठक्कर दिने सवारी फरार रहेको कारण बिहानदेखि विपी राजमार्ग अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी नायक उपरिक्षक श्याम बहादुर खत्रीले जानकारी दिए।
 

प्रकाशित मिति: : 2020-02-25 01:58:02

प्रतिकृया दिनुहोस्