एसिया–११ को टाेलीमा सन्दीप

बिएल संवाददाता

काठमाडाै‌ं

बंगबंधु शेख मुजिबउर रहमानको जन्म शताब्दीमा बंगलादेशमा आयोजना हुने टी–२० सिरिजका लागि एसिया–११ को टिम सार्वजनिक भएको छ।

बंगलादेश क्रिकेट बोर्डले मंगलबार विश्व–११ विरुद्ध हुने खेलका लागि एसियाका १४ सदस्यीय टिमको घोषणा गरेको हो।

बोर्डले सार्वजनिक गरेको टोलीमा नेपालका सन्दीप लामिछाने समेत समाबेश रहेका छन्। 

एसियाको टिममा भारतीय खेलाडीको बाहुल्यता रहेको छ। टिममा भारतका ६ खेलाडी रहेका छन्।

सन्दीपसँगै विराट कोहली, लोकेश राहुल, ऋषब पन्त, कुलदिप यादव, शिखर धवन, तामिम इकबाल, लिटोन दास, मुस्फिकर रहमान, थिसरा परेरा, राशिद खान, मुस्ताफिजुर रहमान, लासिथ मालिंगा, मोहमद शामी र मुजिब उर रहमान रहेका छन्।

प्रकाशित मिति: : 2020-02-26 05:13:25

प्रतिकृया दिनुहोस्