फेवातालमा डुंगा सवारका क्रममा बेपत्ता भएका एक जनाको शव फेला

फेवातालमा डुंगा सवारका क्रममा सोमबार बेपत्ता भएका काठमाडौं १० कपनका सुमित भन्ने रामशरण लुइँटेलको शव फेला परेको छ।

गण्डकी प्रदेश सशस्त्र प्रहरी गण पोखराबाट खटिएका उद्धार टोलीले खोजतलास गर्ने क्रममा रामशरणको शव मंगलबार दिउँसो फेला पारेको हो।

रामशरणसँगै डुंगामा सवार काठमाडौं १० कपनकै २७ वर्षीय सुविन चालिसे र २८ वर्षीय रुपेश अधिकारीको भने सोमबार नै सकुशल उद्धार गरेको प्रदेश प्रहरी कार्यालयका पोखराका प्रहरी नायब उपरीक्षक राजेन्द्रबाबु रेग्मीले जानकारी दिए।

पोखरा महानगरपालिका १८ खपैदीस्थित फेवाताल किनाराबाट उनीहरु ३ जना आफै डुङगा चलाएर फेवाताललमा सयर गर्ने क्रममा डुङगा पल्टिँएको थियो। डुङगा चढ्दा लाइफ ज्याकेट लाउनु पर्ने अनिबार्य भएपनि उनी नलगाई चढेको प्रहरीले जानकारी दिएको छ।
 

प्रकाशित मिति: : 2020-02-26 06:29:07

प्रतिकृया दिनुहोस्