गणेश उप्रेतीको नयाँ गीत ‘तिम्रो दिलको’ सार्वजनिक

गायिका मेलिना राईको स्वरमा रहेको नयाँ गीत ‘तिम्रो दिलको’ सार्वजनिक भएको छ। गणेश उप्रेतीको युट्युबमार्फत सार्वजनिक गीतमा उप्रेतीकै शब्द रहेको छ।

टिका भण्डारीको संगीत रहेको गीतको भिडियोमा फिजा योन्जन लामा र सन्दीप सिग्देलको अभिनय रहेको छ।

शक्ति प्रज्वल घिमिरेको कोरियोग्राफी तथा सम्पादन रहेकाे भिडियोलाई ह्वाइट मिडियाले उत्पादन गरेको हो।  

प्रकाशित मिति: : 2020-02-26 09:49:52

प्रतिकृया दिनुहोस्