पूर्वप्रशिक्षक दासानायके नेपाल आउँदै

बिएल संवाददाता

काठमाडाै‌ं

राष्ट्रिय क्रिकेट टोलीका पूर्वप्रशिक्षक पुबुदु दासानायके आगामी आइतबार नेपाल आउँदै छन्। 

एभरेष्ट प्रिमियर लिग (ईपीएल)मा टिम भैरहवा ग्लाडियटर्सको प्रशिक्षक समेत रहेका दासानायके आउँदो आइतबार काठमाडौं आइपुग्ने भएका हुन्। 
पुबुदुले पछिल्लो समय अमेरिकी क्रिकेट टोलीको मुख्य प्रशिक्षकको भूमिकामा थिए। तर, गएको जुलाईमा अमेरिकाको प्रशिक्षक पदबाट राजीनामा दिएपछि उनी ईपीएल टोली भैरहवाको प्रशिक्षकमा आवद्ध भएका थिए। 

कीर्तिपुरस्थित टियू क्रिकेट मैदानमा चैत १ देखि १५ गतेसम्म हुने ईपीएलमा हुनेछ। उनी ईपीएल सकेपनि लामो समय नेपाल नै बस्ने छन्।

सन् २०१० को अन्त्यतिर पुबुदु पहिलो पटक नेपाली टोलीको प्रशिक्षकका रुपमा काठमाडौं आएका थिए। उनले नेपाललाई बिश्व क्रिकेट लिग अन्तर्गत डिभिजन ४ देखि डिभिजन १ सम्म पुर्याउन महत्वपूर्ण भुमिका खेलेका थिए।

उनले नेपाललाई सन् २०१४ मा बंङ्गलादेशमा सम्पन्न आईसीसी टी– २० विश्वकपसम्म पुर्याएका थिए।

प्रकाशित मिति: : 2020-02-27 04:02:48

प्रतिकृया दिनुहोस्