वेष्ट इण्डिजविरुद्धको एकदिवसीय सिरिज श्रीलंकालाई

वेष्ट इण्डिजविरुद्धको तीन खेलको एकदिवसीय क्रिकेट सिरिज श्रीलंकाले जितेको छ।

बुधबार भएको दोस्रो खेलमा पाहुना टिम वेष्ट इण्डिजलाई १ सय ६१ रनले पराजित गर्दै श्रीलंकाले एक खेल अगाबै सिरिज २–० ले जितेको हो।

श्रीलंकाले दिएको ३ सय ४६ रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको वेष्ट इण्डिज ३९ ओभर १ बलमा अलआउट हुँदै १ सय ८४ रनमा समेटियो।

वेष्ट इण्डिजका शाइ होपले ५१ रनको अर्धशतकीय इनिङ्स खेले। उनले ६५ बलमा ५ चौकासहित ५१ रन बनाएका हुन्।

यता निकोलस पुरनले ४१ बलमा ३ चौकासहित ३१ रन बनाए। यस्तै किमो पाउलले २१ रन बनाए। उनले २७ बलमा ३ चौकासहित २१ रनबनाएका हुन्।

श्रीलंकाका हसरंगा डी सिल्भा र लाक्सन सान्दकानले समान ३र३ विकेट लिए। नुवान प्रदिपको नाममा २ विकेट रह्यो।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको श्रीलंकाले ५० ओभरमा ८ विकेट गुमाएर ३ सय ४५ रन जोडेको थियो। श्रीलंकाका लागि अभिस्का फर्नान्डोले १ सय २७ रनको शतकीय इनिङ्स खेले। 

उनले १२३ बलमा १० चौकासहित १ सय २७ रन बनाएका हसन्। यता कुशल मेन्डिसले १ सय १९ बलमा १२ चौकासहित १ सय १९ रनको शतकीय इनिङ्स खेले।

यस्तै थिसरा परेराले ३६ रन बनाए।

वेष्ट इण्डिजका शेल्ड्रोन कोट्रेलले ४ विकेट लिए। उनले १० ओभर बलिङ गर्दै ६७ रन दिएर ४ विकेट लिएका हुन्। यसक्रममा उनले ९ चौका दिएका थिए। यता अल्जारी जोसेफले १० ओभर बलिङ गरेर ३ चौकासहित ५७ रन दिएर ३ विकेट लिए। 

यसअघि पहिलो खेलमा श्रीलंकाले वेष्ट इण्डिजलाई १ विकेटले हराएको थियो।

प्रकाशित मिति: : 2020-02-27 11:17:43

प्रतिकृया दिनुहोस्