संसदीय उपसमितिले भन्यो- डेडिकेटेड र ट्रंकलाईन महसुल विवादमा प्राधिकरणमाथि नैतिक प्रश्न

महसुल नउठाउने कर्मचारी र नतिर्ने उपभोक्तालाई पनि कारबाही सिफारिस

नेपाल लाइभ

काठमाडौं
नेपाल विद्युत प्राधिकरण र उद्योगी-व्यवसायीबीच देखिएको डेडिकेटेड र ट्रंकलाइन विद्युत् महसुल विवादका विषयमा अध्ययन गर्न लेखा समितिअन्तर्गत गठित उपसमितिले प्राधिकरण सञ्चालक समिति र नेतृत्वमाथि नैतिक प्रश्न उठाउने पर्याप्त आधार देखिएको भन्दै प्रतिवेदन बुझाउने तयारी गरेको छ। 
विद्युत प्राधिकरणका सञ्चालक समिति सदस्य भक्तबहादुर श्रेष्ठ र अख्तियार दुरुपयोग अनुसन्धान आयोगले यसै विषयमा अध्ययन गरिरहेको अवस्थामा लेखा समितिले कांग्रेस सांसद डा. मीनेन्द्र रिजालको संयोजकत्वमा गत साउन ५ गते अध्ययन उपसमिति गठन गरेको हो। उक्त उपसमितिले हालसम्म प्रतिवेदन समितिलाई बुझाएको छैन। भक्तबहादुर पुनसमितिमाथि नै उपसमितिले प्रश्न गरेको छ।
प्राधिकरणको सञ्चालक समितिको २०७५ वैशाख ३१ गतेको बैठकले डेडिकेटेड फिडरलाईन तथा ट्रंकलाइनबाट विद्युत आपूर्ति लिने ग्राहकको विद्युत महसुल संकलनको अवस्था अध्ययन गरी प्रतिवेदन पेश गर्न सञ्चालक भक्तबहादुर पुनको संयोजकत्वमा अध्ययन समिति गठन गर्ने निर्णय गरेको थियो। 
प्रकाशित मिति: : 2020-02-27 21:23:27

प्रतिकृया दिनुहोस्