पारस र सन्दीपको वरीयता खस्कियाे

अन्तराष्ट्रिय क्रिकेट परिषद (आईसीसी)को टी २० मा नेपालका पारस खड्का र सन्दीप लामिछानेको वरीयता खस्किएको छ।

आईसीसीले सार्वजनीक गरेको नयाँ वरीयता अनुसार पारसको ब्याटिङ र सन्दीपको बलिङ वरीयता खस्किएको हो।

वरीयतामा स्पिनर लामिछाने दुई स्थान तल झरेका छन्। सन्दीप बलिङ वरीयताको ८६ औं स्थानमा रहेका छन्। यसअघि उनी ८५ औं स्थानमा रहेका थिए। 

ब्याटिङ वरीयतामा एक स्थान झरेका पारस ६३ औं स्थानमा रहेका छन्। यसअघि उनी ६२ औं स्थानमा रहेका थिए।

वरीयताको अलराउन्डरतर्फ पारस खड्का एक स्थान सुधार गर्दै २६ औँ स्थानमा उक्लिएका छन्। अफगानिस्तानका मोहम्मद नाबी अलराउन्डरतर्फ वरीयताको र्शीर्ष स्थानमा छन्।

यता करण केसीको अलराउण्डतर्फको वरीयता भने एक स्थान सुधार भएको छ। करण ७४ औं स्थानमा रहेका छन्।

यस्तै सोमपाल कामीको अलराउण्डतर्फको वरीयता पनि एक स्थान खस्किएको छ। उनी ६६ औं स्थानमा रहेका छन्।

 राष्ट्रिय वरीयतामा नेपाल १२ औं स्थानमा रहेको छ। यस्तै,एकदिवसीय वरीयतामा नेपाल १६ औं स्थानमा रहेको छ।

अफगानिस्तानका स्पिनर राशिद खान बलिङतर्फ वरीयताको शीर्ष स्थानमा यथावत रहेका छन्।

अफगानिस्तानका अर्क खेलाडी मुजिव रहमान दोस्रो र अस्ट्रेलियाका स्पिनर एडम जम्पा तेस्रो स्थानमा छन् भने अर्का स्पिनर अगर वरियताको चौथो स्थानमा उक्लिएका छन्। दक्षिण अफ्रिकाका तरबेज शाम्सी पाँचौ स्थानमा रहेका छन्।

प्रकाशित मिति: : 2020-02-28 06:05:22

प्रतिकृया दिनुहोस्