मोटरसाइकल दुर्घटना हुँदा एक जनाको ज्यान गयाे

दाङको बागरखोलामा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ ।

दुर्घटनामा तुलसीपुर उपमहानगरपालिका ८ अश्वारा निवासी १९ वर्षीय गौरव डाँगीको ज्यान गएको हो। 

इलाका प्रहरी कार्यालय तुलसीपुरको अनुसार अश्वाराबाट पश्चिमतर्फ गइरहेको रा ४ प १२७० नम्बरको मोटरसाइकल दङ्गीशरण गाउँपालिका ५ को बागरखोलामा बिहीबार राति दुर्घटना भएको हो ।

दुर्घटनामा गम्भीर घाइते भएका डाँगीको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा सामान्य उपचारपछि थप उपचारका लागि नेपालगञ्ज लैजाँदै गर्दा अमिलियामा ज्यान गएको तुलसीपुरका प्रहरी निरीक्षक (इन्स्पेक्टर) चक्रबहादर डमरपालले जानकारी दिए।

तीव्र गतिमा रहेको मोटरसाइकल अनियन्त्रित भइ दुर्घटना भएको प्रहरीले जनाएको छ । 

प्रकाशित मिति: : 2020-02-28 20:32:33

प्रतिकृया दिनुहोस्