गुडिरहेको माइक्रो बसबाट खसेका भट्टको मृत्यु

बिएल संवाददाता

काठमाडाै‌ं

कीर्तिपुरमा गुडिरहेको माइक्रो बसबाट खसेर घाइते भएका आशिष भट्टको मृत्यु भएको छ।

गएको सोमबार कीर्तिपुरको तीनकुनेमा गुडिरहेको माइक्रो बसबाट खसेका कैलालीको घोडाघोडी नगरपालिका ४ का भट्टको उपचारका क्रममा वयोधा अस्पतालमा ज्यान गएको प्रहरीले जनाएको छ।

कीर्तिपुरबाट रत्नपार्क चल्ने बा २ ख १८४० नम्बरको माइक्रो बसमा यात्रु धेरै रहेको र सहचालकले ढोका नलगाएका कारण भट्ट माइक्रोबाट खसेको प्रहरीले बताएका छन्। 
 

प्रकाशित मिति: : 2020-02-29 01:46:59

प्रतिकृया दिनुहोस्