अमेरिकामा कोरोना भाइरसबाट एकजनाको मृत्यु, राष्ट्रपति ट्रम्प रक्षात्मक अवस्थामा

प्रदीप भट्टराई

वासिङ्टन डीसी, अमेरिका

अमेरिकािभित्रै एक अमेरिकी नागरिकको कोरोना भाइरसबाट मृत्यु भएको छ। राष्ट्रपति डोनल्ड ट्रम्पले शनिबार ह्वाइट हाउसमा आयोजित प्रेस ब्रिफिङमा यसको पुष्टी गरेका हुन् ।

उनले पश्चिमतटीय राज्य वासिङटनको किङ काउन्टीमा एकजना महिलाको मृत्यु भएको बताए। तर, यसअघि वासिङ्टनका गभर्नर जन इन्स्लीले भने मृतक पुरूष भएको बताएका थिए। उनले वासिङ्टनमा आपतकाल पनि घोषणा गरेका छन्। 

मृतकका बारेमा विस्तृत विवरण आइसकेको छैन। वासिङ्टनका स्वास्थ्यअधिकारीले त्यसको विस्तृत जानकारी आजै दिने बताएका छन् ।

यसअघि चीनको वुहानमा एक अमेरिकी नागरिकको मृत्यु भए पनि अमेरिकाभित्रै मृत्यु भएको भने यो पहिलो घटना हो।

राष्ट्रपति ट्रम्पको गलत नीतिकै कारण कोरोना भाइरसको प्रकोप भयावह हुने डेमोक्रेटहरूले आरोप लगाएका छन् भने राष्ट्रपति ट्रम्पले यसलाई फेरि एकपटक होक्स ( हावादारी कुरा) भनेर ठाडै खार्ज गरेका छन्।

राष्ट्रपति ट्रम्पका अनुसार अमेरिकामा  २२ जना कोरोना भाइरस सक्रमित विरामी छन्। तर, उनले विरामी योभन्दा धेरै पनि हुनसक्ने बताए।

अमेरिकामा चीन, जापान, कोरियालगायतका देश भ्रमण गरेर फर्केका मात्र कोरोना भाइरस संक्रमित छैनन्, अमेरिका बाहिर नगएका चारजना पनि सक्रमित भएका घटना सार्वजनिक भएका छन्। यसले गर्दा कोरोना भाइरस चीनबाट आएको भन्ने एकतर्फि निस्कर्ष पनि सही नभएको पाइएको छ।

कोरोना भाइरसको संक्रमणलाई लिएर अमेरिकी राजनीति तातेको छ। राष्ट्रपति ट्रम्पको गलत नीतिकै कारण कोरोना भाइरसको प्रकोप भयावह हुने डेमोक्रेटहरूले आरोप लगाएका छन् भने राष्ट्रपति ट्रम्पले यसलाई फेरि एकपटक होक्स ( हावादारी कुरा) भनेर ठाडै खार्ज गरेका छन्। तर, यसको प्रभाव अमेरिकी अर्थतन्त्रमा स्पष्ट देखिन थालेकाले राष्ट्रपति ट्रम्पको चिन्ता बढाएको छ । उनी आफ्नो कार्यकालमा उम्दा अर्थतन्त्र रहेको भन्दै त्यही एजेण्डामा अर्को कार्यकालका लागि चुनाव लडिरहेका छन् 

 

प्रकाशित मिति: : 2020-03-01 15:43:09

प्रतिकृया दिनुहोस्