नेपालले टस जित्याे, हङकङविरुद्ध फिल्डिङ गर्दै

बिएल संवाददाता

काठमाडाै‌ं

थाइल्याण्डको बैङ्ककमा जारी एसीसी पूर्वी क्षेत्रीय टी–२० क्रिकेटमा नेपाल हङकङसँग खेल्दैछ।

नेपालका कप्तान ज्ञानेन्द्र मल्लले टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय लिएका छन्। 

उपाधि जित्ने लक्ष्य सहित थाईल्याण्ड हिडेको नेपाल शनिबार भएकाे पहिलो खेलमै पराजित भएकाे थियो।

पहिलाे खेलमा मलेसियासँग २२ रनले पराजित भएसँगै नेपालाई याे खेल जित्नुपर्ने दबाब छ। 

नेपाल र हङकङले टी–२० क्रिकेटमा आठ खेल खेलेकोमा दुवै देशले चार–चार वटा खेल जितेका छन्।

पहिलो पटक नेपाल र हङकङबीच सन् २०१० को एसियन गेम्समा प्रतिस्पर्धा भएको थियो। जुन खेलमा नेपाल ३० रनले पराजित भएकाे थियाे।

दोस्रो भेट सन् २०१२ को आईसीसी विश्व टी–ट्वान्टी छनोटमा भएको थियो। जुनखेलमा नेपाल खेलमा २८ रनले विजयी भयो।

यता सन् २०१३ को एसीसी टी–ट्वान्टी कपमा नेपाल हङकङसँग ६ विकेटले पराजित भयो । यस्तै सन् २०१३ को आईसीसी विश्व टी–ट्वान्टी छनोटमा पुन: नेपालले हङकङमाथि विजयी हात पार्यो। 

सन् २०१४ को आईसीसी विश्व टी–ट्वान्टीमा पहिलो खेलमा नेपालले हङकङलाई ८० रनले पराजित गर्दै पहिलो टी–ट्वान्टी अन्तराष्ट्रिय खेलमा ऐतिहासिक जित हात पार्यो ।

सन् २०१४ को श्रीलंका भ्रमण गरेको नेपाल हङकङसँगकाे सिरिजमा १–० ले पराजित भएकाे थियाे।

यस्तै आईसीसी विश्वकप टी–ट्वान्टी छनोट अन्तर्गत भएको खेलमा हङकङ ५ विकेटले विजयी भएको थियो। 

पाँच देश सहभागी प्रतियोगिताको शीर्ष दुई टिमले एसिया कप छनोटमा पश्चिमी क्षेत्रबाट छानिएका दुई देशसँग खेल्नुपर्नेछ । 

प्रकाशित मिति: : 2020-03-01 21:08:39

प्रतिकृया दिनुहोस्