स्पेनिस लालिगामा आज एल क्लासिको : कस्ले मार्ला बाजी ?

विश्व फुटबलकै एक चर्चित भिडन्त एल क्लासिको अबको केही समयपछि नै सुरू हुदैछ । स्पेनिस महारथि टीम बार्सिलोना र रियल म्याड्रिडबीचको यो भिडन्त यस सिजनको स्पेनिस  लालिगाकाअन्तगर्त हुन लागेको हो। 

आजको एल क्लासिको बार्साको गृहमैदान काम्प नाउमा हुदैछ । गृहमैदानका कारण बार्सालाई केही सहज देखिए पनि उनीहरूले आफ्ना दर्शकको ठूलो दवावको सामना पनि गर्नुपर्ने हुन्छ। फुटबलका पण्डितहरू आज बार्साकै पल्ला भारी भएको अनुमान गर्दैछन्। 

आजको म्याचको निर्णय यस सिजनको लालिगामा को च्याम्पियन बन्ने कुराको लागि पनि धेरै निर्णायक छ । आजको म्याच यस सिजनको लालिगाको २६औं म्याच हो। ३८ म्याचको लालिगामा अहिले डिफेन्डिङ च्याम्पियन बार्सा ५५ अंकका साथ शीर्ष स्थानमा रहेको छ भने समान खेलबाट ५३ अंक हासिल गर्लै रियल मड्रिड दोस्रो स्थानमा छ । 

सन् १९०२ मे १३ मा खेलिएको पहिलो एल क्लासिकोयता दुईसय २८ प्रतिस्पर्धा भैसकेका छन्। पहिलो म्याच बार्साले ३-१ले जितेको थियो भने पछिल्लो म्याच पनि बार्साले नै १-० ले जितेको थियो । 

एल क्लासिकोमा सबैभन्दा बढी गोल गर्ने बार्सा कप्तान मेस्सी हुन् । उनले २६ गोल गरिसकेका छन् भने सबैभन्दा धेरै खेल खेल्ने रियल मड्रिड कप्तान रामोस हुन् उनले ४३ म्याच खेलिसकेका छन्। 

 

प्रकाशित मिति: : 2020-03-02 14:24:04

प्रतिकृया दिनुहोस्