ईपीएल: काठमाडौंले भित्र्यायाे न्युजिल्याण्डका कोरी एण्डरसन

काठमाडौं किङ्ग्स इलाभेनले एभरेष्ट प्रिमियर लिग (ईपीएल)का लागि कोरी एण्डरसनलाई भित्र्याएको छ।

काठमाडौंले सोमबार विज्ञप्ति जारी गर्दै न्युजिल्याण्डका अलराउण्डर एण्डरसनलाई अनुबन्ध गरेको जानकारी गराएको हो।

२९ वर्षीय एण्डरसनले आईपीएलका साथै विभिन्न फ्रेन्चाइज लिग खेलिसकेका छन्। २०१४ मा उनले मात्र ३६ बलमा शतक बनाएर शाहीद अफ्रिदीको १७ वर्ष पुरानो रेकर्ड तोडेका थिए।

२०१५ मा एबी डिभिलियर्सले ३१ बलमा शतक बनाएर उनको कीर्तिमान तोडेका थिए।

प्रकाशित मिति: : 2020-03-03 00:46:55

प्रतिकृया दिनुहोस्