दाइजोलाई चुनौती दिदै अन्तरजातिय विवाह

फरक जातका मुकेश र अनुराधाको प्रेमका अगाडी हारे दुबैका बुबा

राकेश गुप्ता

दाइजो प्रथालाई चुनौती दिदै एक जोडिले आदर्श विवाह गरेका छन् । विगत लामो समयदेखि प्रेम सम्बन्धमा रहेका जोडिले अभिभावकलाई राजी गराउन भने निकै धेरै चुनौतीको सामना गर्नु पर्यो । मधेसमा दाइजो नलिई बिबाह गर्छु भनेर सोच्नु फलामको चिउरा चपाउनु जतिकै गाह्रो छ ।

सर्लाही जिल्लाको चक्रघटा गाउँपालिका वडा न. ३ सुन्दरपुर निवासी राकपुकार साहको २५ बर्षिय छोरा मुकेश साहले भने परिवारलाई मनाएरै दाईजो बिहिन बिबाह गरे ।

कलेजको त्यो भेट

मुकेशले २०६६ सालमा देवधारी माध्यमिक विद्यालय सुन्दरपुरबाट एस एलसी दिएपछि विरगंजमा रहेको जनज्योति उच्च माध्यमिकबाट वाणिज्य संकायमा प्लस टु उत्तिर्ण गरे । स्नातक अध्ययनका लागि काठमाडौं छिरेका मुकेशले काठमाडौंमा मेघा कलेज भर्ना भए त्यहि कलेजमा भेट भयो रौतहट जिल्ला चन्द्रनगर नगरपालिका २ निवासी महेन्द्र गुप्ताको छोरी अनुराधा गुप्तासंग ।

अनुराधा भर्खरै एसएलसी उत्तीर्ण गरेर कलेज पढन काठमाडौ छिरेकी थिइन् । दुवैजना एउटै समाजिक परिवेशबाट आएकोले दुवैको लागि उपत्यका नौलो ठाउँ थियो । दुवैमा मित्रता हुनु नौलो थिएन ।

यहि भेट विस्तारै प्रेममा परिवर्तन भयो । उनीहरुको हिमचिम सुरु भएको अनुराधाकी मामा हुदै आमाबुबासम्म कुरा पुग्यो । भनिन्छ मधेसी समाजमा विवाह अगाडी प्रेम गर्ने स्वतन्त्रता अझै कमजोर छ । त्यसमाथी उनीहरुको जात फरक थियो ।

प्रकाशित मिति: : 2020-03-03 12:31:51

प्रतिकृया दिनुहोस्