आईपीएलकाे पुरस्कार राशीमा ५० प्रतिशत कटौती

१३ औं संस्करणको इण्डियन प्रिमियर लिग (आईपीएल) टी २० क्रिकेटको पुरस्कार राशीमा कटौती हुने भएको छ।

भारतीय क्रिकेट बोर्ड (बीसीसीआई)ले पुरस्कार राशीमा ५० प्रतिशत कटौती गर्न लागेको हो। 

फ्रेन्चाइज टिमहरुले स्पोन्सरहरुबाट राम्रो कमाइ गरेको भन्दै बीसीसीआईले उपाधि राशीमा कटौती गर्न लागेको जनाएको छ।

‘सबै फ्रेन्चाइजहरु राम्रो स्थितिमा छन्,’ बीसीसीआईले भनेको छ, ‘उनीहरुले थुप्रै तरिकाहरु जस्तै स्पोन्सरहरुबाट कमाइ गरेका छन्।’

भारतीय मिडियाका अनुसार बीसीसीआईले पुरस्कार रकम कटौतीबारे फ्रेन्चाइज टिमलाई समेत खबर गरिसकेको जनाएको छ।

आईपीएलको पुरस्कार राशीमा कटौती भए उपाधि विजेता टिमले १० करोड भारतीय रुपैया प्राप्त गर्ने समाचारमा उल्लेख गरिएको छ। अघिल्लो संस्करणको विजेताले २० करोड प्राप्त गरेको थियो।

यस्तै उपविजेता हुने टिमले समेत ६ करोड २५ लाख प्राप्त गर्नेछन्। गत संस्करणको उपविजेताले १२ करोड ५० लाख प्राप्त गरेको थियो।

पुरस्कार राशी कटौतीले धेरै टिमहरु निरास बनेका समेत बताईएको छ।

यस्तै आईपीएल आयोजना गर्ने हरेक प्रदेश क्रिकेट संघ र हरेक फ्रेन्चाइज टिमले ५० लाख सहयोग मात्र बीसीसीआईबाट पाउने छन्।

बीसीसीआईका पदाधिकारीहरुले एसिया राष्ट्र जसमा हवाई उडान ८ घण्टा भन्दा कम लाग्नेको भ्रमण गर्दा बिजनेस क्लासको फ्लाइट टिकट समेत नपाउने जनाएको छ।

सन् २०२० को आईपीएल मार्च २९ देखि सुरु हुँदैछ।

प्रकाशित मिति: : 2020-03-05 03:59:04

प्रतिकृया दिनुहोस्