अपराधमा जनप्रतिनिधि : हत्या, बलात्कारदेखि तस्करी आरोपसम्म

शेरबहादुर ऐर

सुदूरपश्चिमबाट निर्वाचित जनप्रतिनिधिहरू विभिन्न अपराधमा संलग्न रहेको आरोपमा प्रहरी फन्दामा परेका छन्। प्रतिनिधि सभा, प्रदेश सभा सदस्य तथा स्थानीय तहका जनप्रतिनिधिहरु हत्या, बलात्कार, जिवजन्तु तथा काठतस्करी लगायतका जघन्य अपराधका घटनामा संलग्न रहेको प्रदेश प्रहरी कार्यालयले जनाएको छ।

बुधबारमात्रै सुदूरपश्चिम प्रदेश सभाका सदस्य अक्कलबहादुर रावल बलात्कार प्रयास गरेको आरोपमा पक्राउ परेका छन्। सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का प्रदेश संसदीय दलका सचेतकसमेत रहेका अक्कलबहादुर रावललाई जिल्ला प्रहरी कार्यालय कैलालीले पक्राउ गरेको छ। 

प्रकाशित मिति: : 2020-03-06 05:31:17

प्रतिकृया दिनुहोस्