अष्ट्रेलियामाथि दक्षिण अफ्रिकाको ‘क्लिन स्विप’

दक्षिण अफ्रिकाले पाहुना टिम अष्ट्रेलियाविरुद्धको तीन खेलको एकदिवसीय क्रिकेट सिरिजमा क्लिन स्विप गरेको छ।

शनिबार राति भएको तेस्रो तथा अन्तिम खेलमा अष्ट्रेलियालाई ६ विकेटले पराजित गर्दै दक्षिण अफ्रिकाले सिरिज ३–० ले जितेको हो।

अष्ट्रेलियाले दिएको २ सय ५५ रनको लक्ष्य दक्षिण अफ्रिकाले ४८ ओभर ३ बलमा मात्र ४ विकेट गुमाएर पुरा गर्यो।

दक्षिण अफ्रिकाको जितमा जेजे स्मुट्सले ८४ रनको अर्धशतकीय इनिङ्स खेले। उनले ९८ बलमा १२ चौका प्रहार गरेका थिए। यता हेन्रिच क्लासेनले ६३ बलमा १० चौका र एक छक्का प्रहार गर्दै अविजित ६८ रन बनाए। यस्तै केली भेरिनेले ५० रन बनाए। उनले ५० बलमा समान ३ छक्का र ३ चौका प्रहार गरे।

यता कप्तान क्विनटन डी ककले २६ तथा जन्नीमन मालनले २३ रन बनाए।

अष्ट्रेलियाका जोश हाजलउडले २ विकेट लिए। उनले १० ओभरमा १ मिडेन राख्दै ३७ रन खर्चिएका थिए। यता काने रिचर्सन र एडम जाम्पाले समान १/१ विकेट लिए।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको अष्ट्रेलियाले ५० ओभरमा ७ विकेट गुमाएर २ सय ५४ रन बनाएको थियो। अष्ट्रेलियाका मार्नुसले १ सय ८ रनको शतकीय इनिङ्स खेले। उनले १०८ बलमा ८ चौका प्रहार गरेका थए।

यस्तै म्याथ्यु सर्टले ३६ रन जोड्दा मिचेल मार्शले ३२ रन बनाए।

दक्षिण अफ्रिकाका एन्रीच नोर्टेज र जेजे स्मुट्सले २/२ विकेट लिए।

यसअघि पहिलो खेलमा दक्षिण अफ्रिकाले ७४ रन तथा दोस्रो खेलमा ६ विकेटको जित निकालेको थियो।

प्रकाशित मिति: : 2020-03-08 20:11:01

प्रतिकृया दिनुहोस्