नेपालीलाई कतार प्रवेशमा राेक

कोरोना भाइरस संक्रमणको जोखिमलाई न्यूनीकरण गर्ने उद्देश्यले कतारले नेपाललगायत विभिन्न १४ मुलुक वा ती मुलुक हुँदै कतार प्रवेश गर्ने व्यक्तिलाई आजदेखि अस्थायी रोक लगाएको छ। सोमबार दुई नेपालीसहित १४ जनामा कोरोना संक्रमण देखिएको छ।

बङ्गलादेश, चीन, इजिप्ट, भारत, इरान, इराक, लेबनान, पाकिस्तान, फिलिपिन्स, उत्तर कोरिया, श्रीलङ्का र थाइल्याण्डका नागरिकलाई प्रवेशमा अस्थायी रोक लगाइएको कतारको सरकारी सञ्चार कार्यालयले जनाएको छ।

फागुन १६ देखि फागुन २६ गतेसम्म विभागबाट कतार जानका लागि ३ हजार ६ सय ५ जनाले अन्तिम श्रम स्वीकृति लिएका थिए।

त्यसअनुसार करिब ३ हजार नेपाली कामदार अन्तिम श्रम स्वीकृतिपछि पनि कतार जान रोकिएको अनुमान छ।

गत ५८ दिनमा विभागले १ लाख १७ हजार ६३३ जनालाई विदशे जान अनुमति दिएको थियो।

कतारमा करिब चार लाखको सङ्ख्यामा नेपाली कार्यरत रहेको सरकारको तथ्याङ्क छ।

कतारको स्वास्थ्य मन्त्रालयले प्रकाशित गरेको एक तथ्यांकअनुसार कोरोना भाइरसबाट थप ३ आप्रवासीसहित हालसम्म १५ जनामा संक्रमण भएको पुष्टि भएको छ।

प्रकाशित मिति: : 2020-03-11 01:48:07

प्रतिकृया दिनुहोस्