एसिया ११ र विश्व ११ बीचको टि २० सिरिज स्थगित

बिएल संवाददाता

काठमाडाै‌ं

बंगबंधु शेख मुजिबउर रहमानको जन्म शताब्दीमा बंगलादेशमा आयोजना हुने विश्व ११ र एसिया ११ बीचको टी २० सिरिज स्थगित भएको छ।

विश्वभर फैलिएको कोरोना भाईरसको कारण सिरिज स्थगित गरिएको बंगलादेश क्रिकेट बोर्डले बुधबार जनाएको छ।

उक्त दुई टि २० खेल चैत्र ८ र ९ गते मा बंगलादेशको शेर ए बंगला रंगशालामा बताइएको थियो। तर अर्को मिती सार्वजनिक नहुन्जेलसम्म स्थगित भएको बोर्डले जनाएको छ।

सिरिजमा एसिया ११ बाट नेपालका सन्दीप लामिछानेले समेत खेल्ने छन्। सन्दीपसँगै विराट कोहली, लोकेश राहुल, ऋषब पन्त, कुलदिप यादव, शिखर धवन, तामिम इकबाल, लिटोन दास, मुस्फिकर रहमान, थिसरा परेरा, राशिद खान, मुस्ताफिजुर रहमान, लासिथ मालिंगा, मोहमद शामी र मुजिब उर रहमान रहेका छन्।

यस्तै विश्व ११ को टिममा कप्तान फाफ डु प्लेसिससँगै क्रिस गेल, एलेक्स हेल्स, निकोलस पुरन, रोस टेलर, जोन्नी बेयरस्टो, केइरन पोलार्ड, आदील राशिद, शेल्डन कट्रेल, लुंगी नेग्दी, एण्ड्रिउ टाइ र मिचेल मेक्लेनेघन रहेका छन्।

प्रकाशित मिति: : 2020-03-12 11:09:48

प्रतिकृया दिनुहोस्