कोरोना भाइरसका कारण भारतमा पहिलो मृत्यु

कोरोना भाइरसको संक्रमणका कारण भारतमा पहिलोपटक एकजनाको मृत्यु भएको छ। कर्नाटक राज्यका स्वास्थ्य विभाग प्रमुखका अनुसार कर्नाटकको कलबुर्गीमा ७६ वर्षीय एक व्यक्तिको मृत्यु भएको छ। त्यस्तै प्रदेश सरकारका स्वस्थ्यमन्त्री बी श्रीरामुलुले पनि ७६ वर्षीय एक व्यक्तिको मृत्यु भएको जानकारी दिएका छन्। उनी हालै साउदीबाट भारत फर्केका थिए।

तर मृत्यु भएको व्यक्तिको परिचय खुलाएका छैनन्। साउदी अरबबाट फर्किएका उनको मंगलबार राती मृत्यु भएको बताइएको छ। 

मृत्यु भएका व्यक्तिमा केही दिनअघिमात्र गरिएको स्वास्थ्य परीक्षणबाट कोरोना संक्रमण पोजेटिभ देखिएको थियो। त्यसलगत्तै संक्रमित व्यक्तिलाई अलग राखिएर उपचार सुरु गरिएको थियो।

स्वास्थ्य विभागले भनेको छ, ‘यो विषयमा सबै दिशानिर्देशनहरुको पूर्ण पालना भइरहेको छ। उनको सम्पर्कमा आएका सबैलाई सम्पर्कमा ल्याउने प्रयास भइरहेको छ। ती व्यक्ति तेलंगनाको एक निजी अस्पतालमा गएका थिए यस कारण तेलंगना सरकारलाई पनि सचेत गराइएको छ।’

केन्द्र सरकारद्वारा जारी विज्ञप्तिका अनुसार साउदीअरबबाट फर्केपछि स्वास फेर्न अप्ठ्यारो, खोकी र निमोनियकोल लक्षण देखिएपछि मार्च ६ मा एक डाक्टरले उनको घरमा नै उपचार गरेका थिए।

तर स्वास्थ्य लगातार बिग्रेपछि मार्च ९ मा उनी कलबुर्गीमा एक निजी अस्पतालमा भर्ना भए। मृत्यु भएका ती व्यक्ति उपचारका लागि तेलंगनाको अस्पतालमा समेत गएका थिए। त्यसैले यो विषयमा कर्नाटक सरकारले तेलंगाना सरकारलाई पनि जानकारी गराइसकेको समाचार एजेन्सी एएनआईलाई उदृत गर्दै बीबीसीले भनेको छ 

अस्पतालको प्रराम्भिक जाँचमा उनलाई कोरोना भाइरसको संक्रमणको आशंका गरियो। त्यसपछि विस्तृत जाँचका लागि बेंग्लोरको ल्यावमा परीक्षण भयो। जाँचको रिपोर्ट आउनु अगाबै उनलाई हैदराबादको एक निजी अस्पतालमा भर्ना गरियो। त्यसपछि मार्च १० मा उपचारकै क्रममा उनको मृत्यु भयो।

त्यस्तै बिहीबार भारतले सबै विदेशी मुलुकबाट आफ्नो मुलुकमा प्रवेश गर्न प्रतिबन्ध लगाएको छ भने  दिल्ली सरकारले मार्च ३१ सम्मका लागि सिनेमा हल समेत बन्द गर्ने निर्णय गरेको छ। भारतमा कोरोना भाइरसबाट संक्रमित हुनेहरुको संख्या ७७ पुगेको छ।   

प्रकाशित मिति: : 2020-03-13 19:55:00

प्रतिकृया दिनुहोस्