दिल्ली दंगाको विषयमा गलत रिपोट गरेको भन्दै भारत सरकारले एक विदेशी मिडियाविरूद्ध कार्यवाहीको प्रक्रियालाई अगाडी बढाएको छ।
प्रसार भारतीका अनुसार ‘वाल स्ट्रिट जर्नल’ का दक्षिणपूर्व एसियाका डेपुटी ब्युरो चिफ एरिक ब्यालमेनले गलत रिपोर्टिङ गरेको बताएको छ।
एक निजी संस्थाले २ मार्चमा विरोध दर्ता गरेको थियो। यसलाई अहिले विदेश मन्त्रालयमार्फत अमेरिकास्थित भारतीय दुतावासलाई पठाइएको छ।
विदेश मन्त्रालयका प्रवक्ता रवीश कुमारका अनुसार अनलाईनमार्फत प्राप्त भएको निवेदनलाई सम्बन्धित विभागमा पठाइएको हो। रिपोर्टिङ गर्ने पत्रकारलाई तत्काल भारत छोड्न अनुरोध नगरिएको उनले बताए।
उनीलगायत तीन भारतीय प्रतिनिधिलाई आाइबी अधिकारी अंकित शर्माको हत्यामा विवादास्पद रिपोर्टिङ गरेको आरोप लगाइएको हो।
यसविरूद्ध जाँचका लागि समिति गठन गरिएको बताइएको छ।