आमिर ५५ वर्षमा, किरणले सानैदेखि मन पराउँथिन आमिरलाई

बलिउडका मिस्टर परफेक्सनिष्ट आमिर खानको १४ मार्च जन्मदिन हो। उनी शनिबार ५५ वर्षमा प्रवेश गरेका छन्। उनले भारतीय सिनेमामा कैयौं हिट फिल्म गरेका छन्। उनको फिल्मले आम्दानी गर्ने विषयमा प्रायः रेकर्ड कायम गरेको हुन्छ।

आफ्नो उत्कृष्ट अभिनयले सबैको मन जित्न सफल आमिरको पछिल्लो वैवाहिक सम्बन्ध निकै रोचक छ। उनले पहिलो श्रीमती रिना दत्तसँग सम्बन्धबिच्छेद गरेपछि किरण् रावसँग विवाह गरेका थिए।

किरण सानैदेखि आमिरकी प्रसंसक थिइन। उनी १४ वर्षको उमेरदेखि नै आमिरलाई माया गर्थिन। किरणले एउटा अन्तर्वार्तामा भनेकी थिइन, कयामत से कयामत तक हेरेपछि म उनको फ्यान भएकी थिए। आशुन्तोष गोवारिकरको सहायकको रुपमा काम गर्ने क्रममा किरणको भेट २००५ मा लगान फिल्मको सेटमा भएको थियो। यो भेटपछि उनीहरु नजिकिँदै गए र २००५ मा बिहे भयो। बिहेको डेढ वर्षसम्म उनीहरुले कुनै सार्वजनिक बयान दिएनन्। 
 

प्रकाशित मिति: : 2020-03-15 07:30:56

प्रतिकृया दिनुहोस्