कोरोना भाइरस संक्रमणको डरले बलिउडकी चर्चित नायिका श्रीदेवीकी छोरी अध्ययन बीचमै छोडेर अमेरिकाबाट भारत फर्किएकी छिन्।
श्रीदेवीकी कान्छी छोरी खुसी कपुर कोलम्बियामा बसेर अध्ययन गरिरहेकी छिन्। उनी भारत फर्किदा विमानस्थलमा बुवा बोनी कपुरले पहिले सेनिटाइजर प्रयोग गर्न उर्दी जारी गरेका थिए। अमेरिकाले हालै सात राज्यसहित कोलम्बिया जिल्लाको हजारौं स्कुल बन्द गर्न आदेश दिएको थियो। उनले गाडीमा चढ्ने वित्तिकै सेनिटाइजरले हात सफा गरेकी थिइन। खुसी न्युयोर्क फिल्म एकेडेमीमा अध्ययन गरिरहेकी छिन। अमेरिकामा हाल २ लाख ५० हजार भारतीय विधार्थी अध्यनरत छन्।
खुसीकी दिदी जाह्नवी कपुरले धडकबाट बलिउडमा प्रवेश गरेकी थिइन। जाह्नवीको गुन्जन सक्सेना छिटै सार्वजनिक हुँदैछ। श्रीदेवीको गत वर्ष निधन भएको थियो।