चिन्तन भाग- १

समयको खेलः जिरोदेखि हिरो र हिरोदेखि जिरो

तीन जना पात्रहरूलाई लिएर ऐतिहासिक घटनाहरूको केही वर्णन गरिएकाे छ। पात्रहरू हुन्- नरेन्द्र मोदी, एडोल्फ हिटलर र जोसेफ़ स्टालिन।

लेख्दै जाँदा कता–कता सहायक पात्रहरूलाई पनि ठाउँ दिइएकाे छ। जसले गर्दा पाठकहरूले प्रस्तुत लेखको सार सरल ढंगले स्पष्ट बुझ्न सहयाेग गर्नेछ। लेखलाई सटीक चर्चा गरी तीन भागमा प्रस्तुत गरिने छ।

पहिलाे भाग– एडोल्फ हिटलर, दाेस्राे भाग स्टालिन अनि तेस्राे भागमा नरेन्द्र मोदी हुने छन्।

भाग एक एडोल्फ हिटल़र-

एडोल्फ हिटलरको नाम नसुन्ने संसारमा विरलै मानिसहरू होलान्। दोस्रो विश्व युद्ध जन्माउने नै एडोल्फ हिटलर थिए। दोस्रो विश्व युद्ध नभएकाे भए गोर्खालीहरू त्यति बिघ्न मारिने थिएनन्।

फोकटमा 'वीर गोर्खा' भनेर विश्वले चिन्ने पनि थिएन। दोस्रो विश्व युद्धमा गोर्खालीहरूले अघिक वीरता पुरस्कार 'भिक्टोरिया क्रस' पाएका थिए।गाेर्खालीहरू वीरताका साथ युद्ध मोर्चामा लडे। उनीहरूले बहादुर गोर्खालीका रूपमा गौरव प्राप्त गरे।

थ्रुपै युद्धहरूमा गाेर्खालीले भाग लिएका छन्। दोस्रो विश्व युद्धमा सहभागी धेरै गाेर्खाले ज्यान गुमाए। जम्मै युद्ध मिलाएर पनि दोब्बर गोर्खालीहरू दोस्रो विश्वयुद्धमा मारिएका छन्। मानव इतिहासको सबै भन्दा खूनी संघर्ष समेत मानिन्छ, दोस्रो विश्वयुद्ध।

१९३९ देखि ‍१९४५ सम्म चलेको विश्वस्तरीय युद्ध थियो। दोस्रो विश्वयुद्ध जन्माउने एडल्फ हिटलरको अधीनस्थ जर्मन सेना (नाजी सेना)ले सबैभन्दा पहिला पोल्यान्डमाथि आक्रमण गरेपछि विश्वयुद्ध थालिएको थियो। युद्धमा लगभग ६ करोड मानिसहरूको ज्यान गयो र यो मानव इतिहासको सबभन्दा घातक युद्ध मानिन्छ।

सन् १९३३ मा जर्मनीको चान्सलरमा नियुक्त भएपछि जर्मनीलाई  हिटलरले अधिनायकवादी, निरंकुश शासनमा रूपान्तरण गरे। उनी सन् १९३३ देखि सन् १९४५ सम्म जर्मनीका शासक बनेका थिए।

पोल्यान्डलाई आफ्नो अधीनमा लिएपछि यूरोपका धेरै देशहरूलाई जर्मन सेनाले जित्यो। हिटलरको छाती ढुक्कुरे छाती भयो घमण्डले। फलस्वरूप सोभियत यूनियनमा आफ्नो अधिकार लिने हिटलरले सोचे।

सोभियत यूनियनको राजधानी मास्कोलाई आफ्नो अधिकारमा लिएपछि हातमा सम्पूर्ण सोभियत यूनियन आउनेछ भन्ने उनले ठाने।

अहिटलरले सोभियत यूनियनलाई आफ्नो अधीनमा लिन सोभियत यूनियनमाथि युद्ध गर्न पोल्यान्डको मार्गबाट आफ्नो नाजी सेनालाई सोभियत यूनियनको सीमामा पठाए। यो सन् १९४२ को घटना हो। बदलामा अमेरिका, फ्रान्स र इंग्ल्याण्डले जर्मनीमाथि हमला सुरू गरे। 

क्रमश: भाग- २़ मा स्टालिन...

प्रकाशित मिति: : 2021-05-31 19:44:00

प्रतिकृया दिनुहोस्