आईपीएल रद्द भए १० हजार करोडको घाटा

एजेन्सी

नयाँ दिल्ली

इन्डियन प्रिमियर लिग (आइपीएल) १३ औं संस्करणको आयोजना कोरोना भाइरसको संक्रमणका कारण खतरामा पर्ने देखिन्छ। कोरोना भाइरसको प्रभावकै कारण भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई) ले अगाडी नै हुन लागेको आईपीएलको खेल स्थगित गरेको थियो र यसलाई १६ अप्रिलका लागि सारेको थियो। 

तर अब पनि प्रतियोगिताको आयोजना हुन नसकेको खण्डमा भारतीय क्रिकेटले १० हजार करोडको जोखिम मोल्नु पर्ने बताइएको छ। बीसीसीआई अहिले असमञ्जसको अवस्थामा छ। कोरोना जस्तो विश्वव्यापि भाइरसको संक्रमणका कारण उ कुनै जोखिम मोल्ने अवस्थामा पनि छैन। त्यसैले उसले खाली रंगशालामा मात्र भएपनि प्रतियोगिता आयोजना गर्ने बताइरहेको छ। १६ अप्रिलसम्म भारतले विदेशी नागरिकलाई भारतीय भिसा दिन अस्विकार गरेको छ।

यस वर्ष आईपीएलमा विभिन्न विज्ञापन र अधिकारबाट बीसीसीआई तथा फ्रेन्चाईजलाई करिब १० हजार करोड आम्दानी हुने बताइएको थियो। प्रतियोगिता खाली मैदानमा भएको खण्डमा पनि फ्रेन्चाईजले टिकटबाट आउने अतिरिक्त नाफाबाट बञ्चित हुनुपर्ने छ। आईपीएलको प्रसारणका लागि च्यानलले पाँच वर्षका लागि १६ हजार ३४७ करोड रुपैयाँमा खरिद गरेका छन्। यसको अर्थ प्रत्येक वर्ष ५ हजार ५ सय करोड रुपैयाँको व्यापार टेलिभिजन अधिकारबाट मात्र प्राप्त हुने गरेको छ। 


 

प्रकाशित मिति: : 2020-03-15 22:09:07

प्रतिकृया दिनुहोस्