कविता:- विवश

रमेस भट्टराई

लिजवन पोर्चुगल
यो दुनियाँ यो जगतमा यो सारा व्रमाण्ड रंगमञ्च हो र हामी रंगकर्मी हौँ कलाकार हौँ विविध अभिनयनका साथ नाट्य शृंखलाहरू प्रस्तुत गरिरहेका हुन्छौं जीवन नै एउटा अभिनय हो यस्तो लाग्छ मलाई आज म यसमा लैला मजनुको प्यार रोमियो एण्ड जुलियटको प्यार मुना मदनको प्यार देख्दछु यहाँ अवलोकन गर्ने हर कोही दर्शक मायामा छ भने उसलाई खास लाग्न सक्छ

सुनौलो विहानीसँगै

यात्रा तय गर्ने तरखरमा म

एक पछि अर्को गर्दै अवरोधहरूले

यात्राको थालनी गर्न सकिन

अर्थात मेरो यात्राले पूर्णता पाउन सकेन

विहानीसँगै मेरो मनले सोचेको

मेरो मस्तिष्कमा उब्जनी भएको यात्रा     

सायद खै के का लागि हो स्थगित

कुनै कुरा रोकिनु

बाधा अड्चन आउनु

कुनै न कुनै संकेत होला

त्यो म यसै भन्न त कहाँ सक्थे र

समयसँगै परिवर्तन हुने

याहुत कुराहरू

कारण वस रोकिने यात्रा

शुभ होला अशुभ होला

त्यो म यसै यकिन गर्न सकिनँ

 

यो दुनियाँ

यो जगतमा

यो सारा व्रमाण्ड रंगमञ्च हो

र हामी रंगकर्मी हौँ

कलाकार हौँ

विविध अभिनयनका साथ

नाट्य शृंखलाहरू प्रस्तुत गरिरहेका हुन्छौं

जीवन नै एउटा अभिनय हो

यस्तो लाग्छ मलाई आज

म यसमा लैला मजनुको प्यार

रोमियो एण्ड जुलियटको प्यार

मुना मदनको प्यार देख्दछु

यहाँ अवलोकन गर्ने

हर कोही दर्शक मायामा छ भने

उसलाई खास लाग्न सक्छ

यी प्रेम लिलाहरू

यी मध्ये असफल प्रेमी

घायल प्रेमी छन भने

मिलन पछिको विछोडको

कल्नाको परिदृश्यले

कता कता घचघचाउने छ

अवलोकन गर्ने पक्कै मन हुँदैन होला

तर यात्रा तय गरेको यो मस्तिष्कले

अचानक त्यो यात्राबाट मेरो पदचाप

रोकिन किन विवश भए

 

यात्रासँगै मेरो मौनता पनि छ

म जुन परिदृश्यलाई देखेको छु रंगमंचमा

तर म मौनतामा बाधिएको छु

जो मनोवैज्ञानिक अध्ययन गरेर बस्नु भएको छ

के तपाई मेरो मौनताई बुझ्न सक्नुहुन्छ

यस मौनतामा के छ भन्न सक्नु हुन्छ

आउनु अनि पढी दिनु एक पटक

भन्ने गर्नु हुन्छ नि मनको भाव बुझ्छु

मनको कुरा पढ्ने गर्छु

बस एक पटक पढी देउ

 

लाचार छन् यी मेरा नयनहरू

रतन्धो ग्रसित पक्कै छैनन्

भने पनि असत्य ठहरिने छ

तर म दिन दहाडै केही देखेको छैन

सायद म उल्लुको सज्ञा दिन चाहन्छु

आफैंले आफैंलाई

जहाँ केही देख्न सकेको छैन

त्यसो त म रातमा देखु भने

यो सध्या कालिन होस या

मध्य रात होस

हर बखत हर क्षण

खोई म अन्धकारको महसुस पाउदिन

त्यसैले त म न रातमा देखे

न दिनमा देखे

यसको संज्ञा म के दिउ

तपाईहरुनै दिन सक्नु हुनेछ

 

पदहरुले यात्रा तय गर्न सकेनन

मेरा नेत्रहरुले परिदृश्य देख्न सकेनन्

र म अवाक पनि छु

म अवाक हुँ भनेर भन्दै गर्दा

धेरैले भन्न सक्नु हुने छ

यति धेरै बोल्ने मान्छे

आज किन अवाक छ भनी

तर यथार्थमा जहॉं जे शब्द निस्किनु पर्ने

जे बोलि निस्किनु पर्ने

त्यो निस्किएको छैन

यी मेरा बोलिहरू पनि किन लाचार भए

किन अवाक थिएँ

के तिमी भन्न सक्छौँ 

सक्छौ भने आउन

मेरो करिबै आएर

मेरो विवशतालाई पढ

मेरो यस मौनतालाई पढ

 

मेरो तय गरिएको यात्रा अवरुध्द

विवशता,मौनता र अवाकले

यहॉं रंगमंचमा नाट्य गर्ने पात्रलाई

दुवै तर्फबाट समर्थन गरिरहेको छ

तर यस समर्थन औचित्य हिन छ

अव्यहारिक छ

बन्द कोठा

त्यो आँखीझ्याल

जहॉंबाट चियायो भने

संसार हेर्न सक्ने

तर आज यि नयनमा

किन बादल मडारिएको छ

यस मस्तिष्कमा किन किन

कुनै कुराको आभास भएको छैन

कसरी विवशतामा मात्र बॉंधिएको छ

*****************

रमेश भट्टराई   पाल्पा

हाल

लिस्वोन, पोर्तुगल

प्रकाशित मिति: : 2020-03-17 20:15:33

प्रतिकृया दिनुहोस्