अमेरिकामा कोरोना भाइरसबाट १२२ को मृत्यु, ७५२६ संक्रमित

बिएल संवाददाता

वासिङ्टन डिसी, अमेरिका

अमेरिकामा कोरोना भाइरसबाट मृत्यु हुनेको ग्राफ उकालो लागेको छ। यो समाचार तयार पारिरहेको सेन्ट्रल टाइमअनुसार मंगलबार  अपरान्ह २:४५ बजेसम्म अमेरिकामा १२२  को मृत्यु भएको छ भने ७५२६ संक्रमित भेटिएका छन्। १०६ को सफल उपचार भएको छ भने ७५२६ उपचारको क्रममा छन्। 

मृत्यु हुनेमा सबैभन्दा धेरै वासिङ्टन राज्यका ५५ जना छन् भने न्युयोर्कमा १६ र क्यालिफोर्नियामा १३ जनाको निधन भएको छ। यसैगरी फ्लोरिडामा ७, लुजियानामा ६, जर्जिया, टेक्सास र न्युजर्सीमा ३-३,  कोलोराडो, भर्जिनिया, साउथ  क्यारोलाइना र ओरेगनमा २-२, कान्सास, इलिनोय, पेन्सेल्भेनिया, नेभादा, साउथ डकोटा, केन्टकी र मिचिगनमा एक-एकजना रहेका छन्।  

यसैगरी अमेरिकामा कोरोना भाइरस संक्रमितको संख्या बढेर ७५२६ पुगेको छ। संक्रमितहरू राजधानी वासिङ्टन डीसीसहित ५० राज्यमा भेटिएका छन्। अमेरिका शासित पुर्टोरिको र भर्जिन आइल्याण्डमा पनि संक्रमित पाइएका छन्। 

अमेरिकामा कोरोना भाइरसबाट मृत्यु हुनेको ग्राफ उकालो लागेको छ। यो समाचार तयार पारिरहेको सेन्ट्रल टाइमअनुसार मंगलबार  अपरान्ह २:४५ बजेसम्म अमेरिकामा १२२  को मृत्यु भएको छ भने ७५२६ संक्रमित भेटिएका छन्। १०६ को सफल उपचार भएको छ भने ७५२६ उपचारको क्रममा छन्। 

पछिल्लो विवरणअनुसार न्युयोर्कमा २४८१,वासिङ्टनमा १०१४, क्यालिफोर्नियामा ७५७, फ्लोरिडामा ३१४, न्युजर्सीमा २६७, लुजियानामा २५७, मासाचुसेट्समा २१८, जर्जियामा १९९, कोलोराडोमा १८६, टेक्सासमा १६६, इलिनोयमा १६२ र पेन्सेल्नेभेनियामा १५० संक्रमित पाइएका छन् । अन्य राज्यमा एकसय भन्दा कम संक्रमित भेटिएका छन्।  

यसैगरी निको हुने विरामीको संख्या १०६ रहेको छ भने ७५२६ को उपचार भैरहेको छ।  

अहिले अमेरिका राष्ट्रिय संकटकाल लगाएर कोरोनाको कहरसँग जुधिरहेको छ। तर, चिकित्सकहरू नै भन्दैछन्, ट्रम्प प्रशासनले कोरोना भाइरसलाई दुई महिना बेवास्ता गरेकाले त्यसको भयावह परिणाम ब्यहोर्नुपरेको हो। 

प्रकाशित मिति: : 2020-03-19 14:15:06

प्रतिकृया दिनुहोस्