कोरोनाविरुद्ध यसरी बढाउन सकिन्छ शरीरको प्रतिरक्षात्मक क्षमता

विश्वभर कोरोनाभाइरस अर्थात् कोभिड-१९ को समाचार जताततै आउन थालेदेखि यसको नियन्त्रण, रोकथाम र क्वारोन्टाइनप्रति सबैको ध्यानाकर्षण भएको छ। सङ्‌क्रमण देखिएका ठाउँमा हुनुहुन्छ भने राम्रोसँग हात धुने र भीडभाडदेखि टाढा रहनु राम्रो उपाय हुन्छ, तर यसबोहक आफ्नो शरीरको प्रतिरक्षात्मक क्षमता बढाउनु पनि यदि सङ्‌क्रमण भइहालेमा प्रभावकारी कदम हुनेछ।

हाम्रो शरीरको प्रतिरक्षात्मक क्षमताले कुनै पनि रोग वा सङ्‌क्रमणविरुद्ध लड्न सहयोग गर्छ। जीवाणु, भाइरस, ढुसी, परजीवी वा क्यान्सरजस्ता अनावश्यक चीजलगायत अन्य शरीरइतरका चीज पहिचान गर्न र त्यसलाई विनाश गर्न हाम्रो शरीरको प्रतिरक्षात्मक क्षमता सक्षम छ।


तनावबाट मुक्त हुन लामो सास फोर्नुहोस्, आराम लिनुहोस्, शान्त हुनुहोस्। अनि माइन्डफुलनेस, योग र सकारात्मक सोचजस्तो अभ्यास गर्न थाल्नुहोस्।


भाइरसलाई आफ्नै प्रोटिन उत्पादन गर्न हाम्रो शरीरको कोषाणु आवश्यक हुन्छ। कोषाणुभित्रै बाँच्ने भाइरस एक किसिमले परजीवी नै हो, यिनीहरू कोषाणुभित्रै वृद्धि हुन्छ र त्यसै कारण यसलाई जीवित मानिन्छ। भाइरसको सबैभन्दा ठूलो खतरा भनेको यसले सिपाही कोषाणुलाई सखाप पार्दै जान्छ। अर्को हिसाबले भन्नुपर्दा भाइरसलाई सखाप पार्न सिपाही कोषाणु क्रियाशील हुनुपर्छ।

प्रतिरक्षात्मक क्षमता व्यक्तिअनुसार फरक-फरक हुन्छ र अझ दिनअनुसार पनि फरक-फरक हुन्छ। कुनै सङ्‌क्रमणसँग लड्ने प्रतिरक्षात्मक प्रणालीको क्षमता धेरै तत्त्वले फरक पार्छ। कोभिड-१९ को सङ्‌क्रमण भएमा वा त्यसबाट बच्न यी केही उपायले तपाईंको शरीरको प्रतिरक्षात्मक क्षमता बढाउने सक्छ।

प्रकाशित मिति: : 2020-03-19 21:47:57

प्रतिकृया दिनुहोस्