नेपाल मार्च २० देखि 'लक डाउन', जारी भयो ट्राभल एड्भाइजरी

नेपाल सरकारल एक ट्राभल एड्भाइजरी जारी गर्दै मार्च २० देखि अप्रिल १२ सम्म लगभग लक डाउन गर्ने निर्णय गरेको छ। उसले युरोप, पश्चिम एसिया, खाडी मुलुकहरु, टर्की, मलेसिया, दक्षिण कोरिया र जापानबाट नेपाल जाने तथा ती मुलुक हुँदै नेपाल जाने सबै यात्रुमाथि प्रतिबन्ध लगाएपछि यो परिस्थिति सिर्जना भएको हो । 

झट्ट हेर्दा अमेरिका, अस्ट्रेलिया, क्यानडालगायतका  देशबाट नेपाल जान पाइनेजस्तो देखिए पनि नेपाल जान भारत, दक्षिण कोरिया, चीन, खाडी मुलुक र युरोप ट्रान्जिट भएरै जानुपर्ने भएकाले ती देशबाट नेपाल जान पनि प्रतिवन्ध लागेकै अवस्था हो। 

नेपाल मार्च २० देखि अप्रिल १२ सम्म 'लक डाउन' हुने भएको छ। सरकारले एक ट्राभल एड्भाइजरी जारी गर्दै युरोप, पश्चिम एसिया, खाडी मुलुकहरु, टर्की, मलेसिया, दक्षिण कोरिया र जापानबाट नेपाल जाने तथा ती मुलुक हुँदै नेपाल जाने सबै यात्रुमाथि प्रतिबन्ध लगाएपछि यो परिस्थिति सिर्जना भएको हो ।

नेपाली समयअनुसार मार्च २० शुक्रबार १२ बजेदेखि लागु हुने यो प्रावधानले अघोषित रूपमा नेपाल लक डाउन गरिएको अवस्था हो।

कोरोनाको कहरलाई ध्यानमा राख्दा नेपाल सरकारले लिएको यो निर्णयलाई आममानिसले गलत भन्न सकेका छैनन्। तर, विदेशमा भएका नेपालीले आफ्नो देश नेपाल जानै नपाउने यो नया प्रावधानलाई स्वागत गर्न सकेका छैनन् । 

 

प्रकाशित मिति: : 2020-03-19 22:15:05

प्रतिकृया दिनुहोस्