बलात्कारपछि हत्या गरेर खाल्डाेमा पुरेको अवस्थामा किशोरीको शव फेला

इलाममा बलात्कारपछि हत्या गरेर खाल्डाेमा पुरेको अवस्थामा एक किशोरीको शव फेला परेको छ।

मंगलबारदेखि हराएकी सूर्योदय नगरपालिकाकी १७ वर्षीया एक किशाेरीको शव खाडलमा पुरिएको अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय इलामले जनाएकाे छ।

प्रहरीका अनुसार कक्षा ११ मा अध्ययनरत उनी बिहान साढे ९ बजे घरबाट विद्यालय जानका लागि निस्किएकी थिइन्। भोलिपल्ट विद्यालयमा सम्पर्क गर्दा विद्यालयमा समेत नगएको पत्ता लागेपछि आफन्तले प्रहरीलाई खबर गरेका थिए।

उनलाई खोज्दै जाँदा सूर्योदय नगरपालिका–१३ पोखरी किराँत टोलमा अम्रिसो घारीमा खाडल खनेर पुरेको अवस्थामा शव फेला परेको प्रहरीले जनाएको छ।

बलात्कार गरी हत्या गरेको अभियोगमा प्रहरीले सूर्योदय नगरपालिका–१३ का २१ वर्षीय रोशन राईलाई पक्राउ गरेको छ।

प्रकाशित मिति: : 2020-03-20 10:34:51

प्रतिकृया दिनुहोस्