इटालीमा चौबिस घण्टामा ६ सय २७ को मृत्यु : मृतकको संख्या ४ हजार नाघ्यो

लक्ष्मण देवकोटा

जेनेभा ब्यूरो

युरोपमा कोरोना भाइरसको केन्द्रविन्दु मानिएकाे इटालीमा गएको चौबिस घण्टाभित्र ६ सय ७२ जनाले ज्यान गुमाएका छन्। ४ हजार भन्दा बढिको ज्यान गइसकेको छ भने संक्रमितको संख्या घट्नेभन्दा पनि बढ्दै गइरहेकाे छ। ज्यान गुमाउनेमा धेरैजसाे रोग प्रतिरोध क्षमता कम भएका मानिस रहेकाे बताइएकाे छ। अस्पतालमा काम गरिरहेका नर्स, डाक्टरको पनि मृत्यु भएको खबर इटालीका समाचारपत्रले छापेका छन्। 

सेनाले ट्रकमा मर्नेहरुकाे लास ओसारिरहेको छ। बाँच्ने सम्भावना भएका बिरामीलाई पहिलो प्राथमिकता दिने नीतिका साथ डाक्टरहरुले सेवा दिइरहेका छन्।

मिलान,लोम्बार्डी, रोम आसपासमा बसाेबास गरिरहेका नेपाली भने सुरक्षित छन्। गैरकानूनी रुपमा बसेका र अप्ठेरोमा परेका नेपालीलाई स्थायी रुपमा र कानुनी आधारमा पहिल्यैदेखि बसिरहेका नेपालीले सहयोग गरिरहेका छन्। 

इटालीमा अहिले आपतकाल लागु गरिएकाे छ भने सडकमा सेना उत्रिएर सघाइरहेका छन् । आपतकालको चिकित्सक टीमलाई चिनियाँ विशेषज्ञले सघाइरहेका छन्। चिनियाँ विशेषज्ञले आपतकाललाई अझै कडा बनाउनुपर्ने सुझाव दिएका छन् । लोम्बार्डी नजिकैको बेरगामोमा अस्पतालमा कोरोनाका बिरामीलाई राख्ने ठाउँ नभएर नयाँ ठाउँ खोज्नु परिरहेको छ ।
 

प्रकाशित मिति: : 2020-03-21 18:58:33

प्रतिकृया दिनुहोस्