
मञ्जुल मितेरी
ओ दमिनी !
ओ यस धर्तीकी सबैभन्दा बहादुर योद्धा !
तिमीले जतिको लामो युद्ध त
यो सभ्यतामा अरु कसले पो लडेको होला र !
फूल बनेर
तिमीले काे-काेसँग युद्ध लड्नु परेन र !
तिमीले फुल्नै हुँदैन भन्ने वसन्तसँग
आफू फुलेर तिमीलाई घोचिरहने फूलहरुसँग
तिमी फुलेको देखी नसहने आँधीहरुसँग
तिमीलाई फुल्नै नदिने खडेरीहरुसँग
विभेदको एक हिमयुग छिचोलेर
तिम्रो अस्तित्वलाई निमोठिरहने कालरात्रीमा पनि
उत्तिकै उज्यालो फक्रिरहेछौ तिमी
मानवताको प्रेमीले सुगन्ध बोकेर
अरुले जसरी फुल्न
तिमीले कहिल्यै सिकेनौँ
काँडा भएर, पत्थर भएर
तिमीले जसरी फुल्न
अरुले कहिल्यै सिकेनन्
दमिनी फूल भएर
ओ दमिनी फूल !
ओ यस धर्तीको सबैभन्दा सुन्दर सृष्टि !
तिम्रो यो आदिम सुन्दरताको वयान गर्न
बटुलेर ल्याएको छु अपहरित मेरा शब्दहरु
समेटेर ल्याएको छु हराएका सबै-सबै धुनहरु
म बजाइरहनेछु प्रेमको बाँसुरी हरेक याम
तिमी फुलिरहनु यसरी नै हरेक याम।
ओली र पोखरेलको चेतावनी, बस्नेतको हुंकार र जेन–जी आन्दोलनपछि नेपालको राजनीति
‘जेन–जी’ आन्दोलनः स्वतन्त्रता कि विदेशी शक्तिको खेल?
दशैँको टीका र जमराको शास्त्रीय साइनो
विश्व शान्ति दिवसमा अशान्त मन!
जलेको सिंहदरबार
जेन–जी विद्रोह: धरोहरको पीडा र नयाँ नेपालको संकल्प
जेन–जेड आन्दोलनः सत्ताबाट ‘बेदखल’ राजनीतिक दलहरू, विना मुद्धा सोझै ‘एक्पोज्ड’ भ्रष्ट नेताहरू
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया