लकडाउन अवज्ञा गर्ने सवारीसाधन नियन्त्रणमा

रासस

तानसेन

सरकारले लकडाउन घोषणा गरेको बेला अनुमतिविना सञ्चालन गरिएका सवारीसाधनलाई पाल्पामा प्रहरीले नियन्त्रणमा लिएको छ। 

 कोरोना भाइरसलाई नियन्त्रण गर्न भन्दै सरकारले एक जिल्लादेखि अर्को जिल्लासम्मको सिमानामा समेत निगरानी गर्न आदेश दिएको छ। 

सरकारले अत्यवाश्यकीय कामभन्दा अन्य प्रयोजनका निम्ति सवारी साधन चलाउन रोक लगाउँदा लगाउँदै अटेरी गर्नेलाई इलाका प्रहरी कार्यालय रामपुरले नियन्त्रणमा लिएको हो।

 प्रहरीले आज रामपुरमा ३२  मोटरसाइकल, नौ स्कुटर, दुई ट्रयाक्टर तथा चार ट्रक नियन्त्रणलाई लिएको प्रहरी प्रमुख भीमबहादुर कार्कीले जानकारी दिए। 

उनले चालकलाई भने सम्झाइबुझाई फर्काएको बताए। प्रहरी प्रमुख कार्कीका अनुसार पाल्पाको रामपुरदेखि सिमाना जोेडिएका स्याङ्जा तथा तनहुँ र  नवलपरासीको  सीमा क्षेत्रमा प्रहरी परिचालन गरेर अन्य जिल्लाबाट अति आवश्यकबाहेकका मानिसलाई समेत आवातजावतमा रोक लगाइएको छ।
 
लकडाउनको समयमा घरमै सुरक्षित रहन अनुरोध गर्दागर्दै  अवज्ञा गरी मोटरसाइकल चलाएकाले नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ। नियन्त्रित मोटरसाइकललाई प्रहरी बिट बेझाड बजारमा राखिएको छ। 

प्रकाशित मिति: : 2020-03-25 11:21:02

प्रतिकृया दिनुहोस्