चन्द्रागिरीमा विदेशबाट आएका व्यक्तिको विवरण सङ्कलन गरिने

रासस

काठमाडौँ

चन्द्रागिरी नगरपालिकाले विदेशबाट आएका व्यक्तिको विवरण सङ्कलन गर्ने भएको छ। विश्वमा फैँलदै गएको कोभिड–१९को नेपालमा सम्भावित सङ्क्रमणलाई मध्यनजर गर्दै टोखाले तत्काल विदेशबाट आएका व्यक्तिको विवरण सङ्कलन गर्न लागेको हो। 

टोखा नगरपालिकाका प्रवक्ता हरिभक्त महर्जनले विदेशबाट भर्खरै आएका व्यक्तिबाट कोरोना सङ्क्रमण सर्न सक्ने भन्दै सबै वडाले आ–आफ्नो वडामा विदेशबाट आएका व्यक्तिको विवरण सङ्कलन गर्न लागेको जानकारी दिए।
 
'विदेशबाट आएका व्यक्तिलाई कम्तीमा १४ दिन घरमा क्वारेन्टाइनमा रहनका लागि अनुरोध गर्न लागेका छौँ', उनले भने। चन्द्रागिरिले विदेशबाट फर्केको व्यक्तिको नाम, फर्र्किएको देशको नाम, स्वदेश फर्केको मिति र सम्पर्क नम्बर माग गरेको छ। 

काठमाडौँ प्रवेशको मुख्यद्वारमा रहेको चन्द्रागिरिमा १५ वडा छन्। उक्त नगरपालिका वाग्मती प्रदेशकै सबैभन्दा ठूलो नगरपालिका हो। 

सरकारले चैत ११ गते बिहानदेखि चैत १८ गते साँझसम्म देशैभरि ‘लकडाउन’ गरेपछि चन्द्रागिरि नगरपालिकाले पनि आफ्ना नगरवासीलाई घरभित्र बस्न माइकिङ गर्ने भएको छ। 

टोखाबाट हतियारसहित एक पक्राउ
 
प्रहरीले हातहतियारसहित एक जनालाई पक्राउ गरेको छ। 

 महानगरीय प्रहरी वृत्त महाराजगञ्जको टोलीले टोखा नगरपालिका–११ भण्डारीटोलमा बाह्र बोरको दुईनाले बन्दुक एक थान र सर्ट राइफल एकथानसहित स्याङ्जाका ५४ वर्षीय सूर्य ज्वारचनलाई मङ्गलबार पक्राउ गरेको हो। 

वृत्तका प्रमुख, प्रहरी नायब उपरीक्षक उमेश लम्सालले जिल्ला अदालत कास्कीको आइतबारको पत्रादेशअनुसार वृत्तबाट खटिएको अनुसन्धान टोलीले ज्वारचनलाई पक्राउ गरिएको जानकारी दिए। 

पक्राउ परेका ज्वारचनलाई आवश्यक अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय कास्की पठाइएको प्रहरीले जनाएको छ।

प्रकाशित मिति: : 2020-03-26 03:13:05

प्रतिकृया दिनुहोस्