गण्डकी प्रदेशद्वारा १५ करोडको कोष स्थापना

रासस

भक्तपुर

गण्डकी प्रदेश सरकारले विश्वव्यापी महामारीको रुपमा फैलिइरहेको कोरोना भाइरस(कोभिड–१९) को रोकथाम, नियन्त्रण र व्यवस्थापन लागि रु १५ करोडको कोष स्थापना गरेको छ।

 प्रदेश सरकारको आज बसेको मन्त्रिपरिषद् बैठकले राष्ट्रिय बाणिज्य बैङ्कमा खाता खोलेर सो कोष स्थापना गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवं भौतिक पूर्वाधार विकासमन्त्री रामशरण बस्नेतले बताए।

सो कोषमा सातै जना मन्त्रिहरुको एक महिनाको तलब जम्मा गर्ने निर्णय भएको र प्रदेशसभा सदस्य, अन्य जनप्रनिनिधि, राष्ट्रसेवक कर्मचारी, नीजि क्षेत्र तथा सङ्घ संस्थालाई समेत कोषमा रकम जम्मा गर्नका लागि अनुरोध गरिएको उनको भनाइ छ।

 सरकारले आर्थिक मामिला तथा योजनामन्त्री किरण गुरुङको संयोजकत्वमा पाँच सदस्सीय कोरोना रोकथाम, नियन्त्रण र व्यवस्थापन समिति समेत गठन गरेको छ। 

समितिमा आन्तरिक मामिला तथा कानूनमन्त्री हरिबहादुर चुमान, भौतिक पूर्वाधारमन्त्री बस्नेत, सामाजिक विकासमन्त्री नरदेवी पुन र सरकारका प्रमुख सचिव हरिप्रसाद बस्याल सदस्य रहेका छन्।

सरकारका प्रवक्ता बस्नेतले आजदेखीनै सबै कामहरु सो समितिअन्तर्गत हुने जानकारी दिए। मन्त्रिपरिषद्ले प्रदेशका ११ वटै जिल्ला अस्पताललाई कोरोनाका लागि आवश्यक स्वास्थ्य सामग्री खरीद गर्न रु पाँच लाख उपलव्ध गराउने भएको छ। 

यसअघि सबै जिल्ला अस्पताललाई रु पाँच लाख पठाइएकामा थप रकम निकासा गर्ने निर्णय बैठकले लिएको सरकारले जनाएको छ। 

प्रकाशित मिति: : 2020-03-26 09:49:51

प्रतिकृया दिनुहोस्