नर्वेमा कोरोना भाइरसको औषधी परीक्षण शुरु

लक्ष्मण देवकोटा

ज्यूरिच ब्यूराे

नर्वेको ओस्लो युनिभर्सिटी अस्पतालले कोरोना भाइरसविरुद्ध तयार गरिएको औषधीको परीक्षण शुरु गरेको छ । 

विश्व स्वास्थ्य संगठनले तयार पारेको ढाँचाअनुसार स्विकृत गरिएपछि मात्र उत्पादन थालिने चलन अनुसार नर्वेले कोरोनाविरुद्धको औषधीको निम्ति परीक्षण थालेको हो । 

फ्रान्स लगायत मुलुकले विश्व स्वास्थ्य संगठनको असन्तुष्टिका बीच पनि मलेरिया र इबोलामा प्रयोग गरिएको प्लाकेनिल, जो हाइड्रोक्सिक्लोरोकिन हो, त्यसलाई 
कोरोना संक्रमितमा प्रयोग गरेका थिए ।

यो औषधीले सुन्निन कम गर्ने र केही विशेष खालका विषाणु मारिदिएर निको हुन सघाउँछ । साउदी अरेबिया, इरानमा पनि यसको प्रयोग गरिएको छ । केही कोरोना संक्रमित निको भएको पाइएपछि नर्वेको प्रयोगशालामा यसको परीक्षण उत्पादन शुरु गरिएको छ। सबै प्रकृया पूरा गरेर बजारमा आउन तीन महिना लाग्ने बताइएपनि आफूले जतिसक्यो चाँडै कोरोना संक्रमणविरुद्ध औषधी तयार गर्ने योजना बनाएको कार्यकारी निर्देशक जोन आर्नेकोटिँगेनले बताए । 

नर्वेमा स्वास्थ्य संगठनकै मातहतमा यो परीक्षण भइरहेको छ। अमेरिकी राष्ट्रपति ट्रम्पले पनि यो औषधीको उत्पादनले महामारीविरुद्ध लड्न सघाउपुर्‍याउने 
बताएका छन् र प्लाकेनिलको विषयमा अध्ययन गर्न विशेषज्ञ अनुसन्धानकर्तालाई अनुरोध गरेका थिए।  

कोरोना संक्रमित देशमा यो औषधीको अनुमानकै भरमा मात्रा तय गरिने महामारीको चपेटामा परेका बिरामीलाई बचाउने प्रयास डाक्टरले गरेका छन् । विश्व 
स्वास्थ्य संगठनले यसरी जथाभावी औषधीको प्रयोग गर्नुहुँदैन भने पनि फ्रान्स सरकारले आपतका बेला नियम पढेर बस्नुहुँदैन भन्दै औषधी निरन्तर प्रयोग गरिने 
बताएका थिए । 

अहिले संसारभरिका खोजकर्ता महामारीकाे रुपमा फैलिएको कोरोनाविरुद्ध औषधीको खोजीमा छन् । अमेरिकी समन्वयमा काम गरिरहेको स्विट्जरल्याण्डको ज्यूरिचको औषधी सम्बन्धी खोजगर्ने संस्थामा पनि अनुसन्धानकर्ता दिनरात नभनी काम गरिरहेको स्विस संचारमाध्यममा बताइएको छ।
 

प्रकाशित मिति: : 2020-03-29 19:07:40

प्रतिकृया दिनुहोस्