क्वारेन्टाइनमा बसेका बिरामीमा सुधार

रासस

दुल्लू

दैलेखको पश्चिम आठबिसको क्वारेन्टाइनमा राखेर उपचार गरिरहेका बिरामीको स्वास्थ्यमा सुधार आएको छ। 

गएको बिहीबारदेखि क्वारेन्टाइनमा राखिएका बिरामीको स्वास्थ्यमा सुधार आएको स्वास्थ्य शाखा प्रमुख देवराज तिमिल्सेनाले दिए।

बिरामीलाई क्वारेन्टाइनमा ल्याउनुअघि ज्वरो र खोकी बढी मात्रामा थियो। 'बारम्बारको निगरानी र नियमित उपचारले पहिलेभन्दा सुधार भइरहेको छ' उनले भने।

दुई बिरामीमा कोरोना छ कि छैन भनेर स्वाब परीक्षणका लागि चिकित्सक टोलीले शुक्रबार नै नमूना लगिसकेको छ। 'क्वारेन्टाइनमा ल्याउँदा बिरामीले खाना खानुहुन्नथ्यो, नियमित निगरानी गर्दा सहजै खान थाल्नुभएको छ' तिमिल्सेनाले भने, शौचालय आफैँ जानुहुन्छ। क्वारेन्टाइनमा ल्याउँदा सहयोगी चाहिन्थ्यो । अवस्था कमजोर थियो । आजभोलि क्रमिकरूपले सुधार भइरहेको छ।'

प्रकाशित मिति: : 2020-03-30 01:52:46

प्रतिकृया दिनुहोस्