बिहिबार, ३१ जुलाई २०२५

यसपालि देउसी खेल्न जाने मन छ– अभिनेता भुवन केसी

बिएल संवाददाता

बिएल संवाददाता

काठमाडाैँ
File Photo
• • •

भुवन केसी, अभिनेता

यसपालि अलि रौनक छ। चाडपर्व आएजस्तो लागेको छ। तर, पनि सावधानी भने अपनाउनुपर्छ।

घरमा देउसीभैलो खेल्न आउनेहरूसँग नाचगान गर्न र उनीहरूले दिएको आशिष् लिन बडो आनन्द लाग्छ। मैले आफैँ देउसीभैलो नखेलेको त वर्षाै भयो। नजिकका साथीहरू मिले भने यसपालि चाहिँ देउसी खेल्न जान मन लागेको छ। हेरौं, माहौल कस्तो बन्छ। 

मेरी एउटी बहिनी छे, ऊसँग टीका लगाउँछु। घरमा सबैजना भेला हुन्छौँ। त्यो निकै रमाइलो पक्ष हो। तिहारपछि ‘पारस’ फिल्मको सुटिङ गर्ने योजना छ। त्यसको तयारी पनि चलिरहेको छ।

संसारभरका दाजुभाइ दिदीबहिनीलाई तिहारको हार्दिक शुभकामना व्यक्त गर्न चाहन्छु।

शुक्रबार, कार्तिक १९, २०७८
• • •

प्रतिक्रिया

प्रतिक्रिया (0)