कविता

म पनि मौन भइ दिन्छु !

File Photo
File Photo

कति दिनसम्म लुकाएर राख्छौँ
तिम्रो मुटुभित्रको मेरो मायालाई
मेरो चाहनालाई 
सक्छौँ जति देउ तिमी उसलाई कालापानीको यातना
तर कुनै दिन त्यो प्रचण्ड मायाको ज्वालामुखी फुटेर
तिम्रो अंग–अंगलाई  स्पर्श गर्नेछ 

'रोहित'ले भने जस्तै
'काश !
मान्छेको मनको तस्विर खिच्ने
मेरो योग्यता कसैले निर्माण गरिदिए हुन्थ्यौँ
तब
हाँस्दै ढुक्क भएर बस्ने थिएँ,
उपरखुट्टी लगाएर'

हो यो साचो हो
तब म पनि तिम्रो मन भित्रको मायालाई जिन्दावाद भन्दै हाँस्ने थिए
तर दुर्भाग्य रह्याे मेरो
कि म तिम्रो मनभित्रको मेरो आक्रोशलाई देख्न सक्दिनँ
त्यहि भएर
सक्छौँ जति कति दिनसम्म लुकाएर राख्छौँ
तिम्रो मुटुभित्रको मेरो मायालाई
मेरो चाहनालाई 
म पनि मौन भइ दिन्छु..!

प्रकाशित मिति: : 2022-04-23 07:57:00

प्रतिकृया दिनुहोस्