डडेल्धुरामा ३६ जना क्वारेन्टाइनमा

रासस

अमरगढी

कोरोना भाइरस (कोभिड –१९ ) को जोखिम हुन नदिन  भारत लगायत तेस्रो मुलुकबाट जिल्ला भित्रिएका मध्ये ३६ जनालाई क्वारेन्टाइनमा राखिएको छ। 

प्रमुख जिल्ला अधिकारी जगन्नाथ पन्तले चार स्थानीय तहमा तयार भएका क्वारेन्टाइनमा  उनीहरुलाई राखिएकोे जानकारी दिए। 

सुदूरपश्चिम प्रदेको बतैडीको जुलाघाँट नाकाबाट गत शनिबार आएका  ९ जनालाई परशुराम नगरपालिका–१२ त्रिवेणी बहुमुखी क्याम्पसको क्वारेन्टाइमा राखिएको परशुराम नगरपालिका नगरप्रमुख भीमबहादुर साउँदले जानकारी दिनुभयो ।  यस्तै ,भागेश्वर गाउँपालिका–४ सरस्वती मावी बगरकोटमा ८,नवदुर्गा गाउँपलिका–४ गंैडेश्वर माविमा ५ , अन्य वडामा ७,गन्यापधुरा गाउँपालिका–१ अशिग्राम मावि भत्काडाँमा ७ जनालाई क्वारेन्टाइनमा राखिएको प्रजिअ पन्तले बताए।

अहिलेसम्म  जिल्लामा सो भाइरसको सम्भावित जोखिम देखिएको छैन। प्रशासन र स्थानीय तहले भाइरसको जोखिम हुन नदिन घरभित्रै बस्न आग्रह गर्दै  खाद्य समग्री लगायत स्वास्थ्यको समस्या हुन नदिने प्रतिवद्धता जनाइरहेका छन्।

प्रकाशित मिति: : 2020-03-30 06:03:46

प्रतिकृया दिनुहोस्