इलाम- २

एमालेकाे अग्रता कायमै, मुढाले पनि बढायाे रफ्तार

फाइल तस्विर
फाइल तस्विर

इलाम- २ मा नेकपा (एमाले)काे अग्रता कायमै रहेकाे छ।

एउटा गाउँपालिका र अर्काे गाउँपालिकाकाे एउट वडाकाे मत गणना सकिँदा एमालेका सुहाङ नेम्वाङले ५ हजार २५ मत प्राप्त गरेका छन्।

त्यस्तै दाेस्राे नम्बरमा रहेका नेपाली काँग्रेसका डम्बर खड्काकाे मत ३ हजार ७ सय ५९ रहेकाे छ।

सुहामङ र डम्बरबीच १ हजार २ सय ६५ मतकाे फरक रहेकाे छ।

त्यस्तै स्वतन्त्र उम्मेदवार डकेन्द्रसिंह थेगिमले पनि मत बढाएका छन्। उनले ९ सय ६३ बाट एकैचाेटी १ हजार ९ सय ९३ पुर्याएका छन्। चुलाचुली- १ मा थेगिमले सबैभन्दा धेरै मत प्राप्त गरेका हुन्।

चुलाचुली- १ मा थेगिमले १ हजार ३१ मत प्राप्त गरेका छन्। याे उनले फाकफोकथुम गाउँपालिकाभरिबाट प्राप्त गरेकाे मतभन्दा पनि बढी हाे।

त्यस्तै चुलाचुली- १ मा एमालेले ६ सय १४, काँग्रेसले ५ सय १ र रास्वपाले ११५ मत प्राप्त गरेका छन्।

रास्वपाका मिलन लिम्बुले अहिलेसम्म ७ सय ६० मत प्राप्त गरेका छन्।

प्रकाशित मिति: : 2024-04-29 01:14:00

प्रतिकृया दिनुहोस्