धादिङबेसीमा किटनाशक औषधी छिटियाे

रासस

धादिङ

कोरोना भाइरस (कोभिड–१९) को सङ्क्रमण न्यूनीकरण गर्न धादिङको सदरमुकाम धादिङबेसीमा किटनाशक औषधी छर्किएको छ। 

नीलकण्ठ नगरपालिकाको सहयोगमा धादिङबेसीको बजार क्षेत्रमा किटनाशक औषधी छर्किएको हो। बढी भीडभाड हुने स्थलमा किटनाशक औषधी छर्कन शुरु गरेको र यो अभियान निरन्तर सञ्चालन हुने नगरपालिकाले जनाएको छ। 

धादिङबेसी पुछारबजारबाट औषधी छर्कन शुरु गरेको हो। कोरोना भाइरसको सङ्क्रमणलाई नगर क्षेत्रभित्र फैलन नदिन किटनाशक औषधी छर्न शुरु गरिएको निलकण्ठ नगरपालिकाका प्रमुख भिमप्रसाद ढुङ्गाना बताए। 

अत्यावश्यक काम बाहेक बाहिर ननिस्कन तथा सरकारले थालेको कोरोना रोकथाम र नियन्त्रणको अभियानमा सघाउन महानगरबासीसँग उनले आग्रह समेत गरे। जारी लक डाउनको पूर्ण पालना गर्न र कुनै पनि बहानामा अवज्ञा नगर्न प्रमुख ढुङ्गानाले नगरवासीसँग विशेष आग्रह गरे।

सोडियम हाइड्रोक्लोरेडलाई पानीमा मिसाएर छर्किएकाले यसले लामखुट्टे लगायतका किटाणु मर्ने र रोगको सङ्क्रमण हुन नदिने नगरपालिकाको स्वास्थ्य संयोजक विष्णु रिजालले बताए।

प्रकाशित मिति: : 2020-03-30 06:12:56

प्रतिकृया दिनुहोस्