विपन्न परिवारलाई चामल र दाल

रासस

विराटनगर

यहाँका दुईजना समाजसेवीले लकडाउनबाट प्रभावित दैनिक मजदूरी गरेर जिविकोपार्जन गर्ने वर्ग एंव समुदायलाई लक्षित गरी विराटनगर –११ मा राहत वितरण गरेको छ। 

विराटनगर–११ का सामाजसेवी गेहेन्द्र कार्की र दीनबन्धु गोयलले ‘लकडाउन’का कारण प्रभावित अतिविपन्न २६ परिवारलाई आज राहत वितरण गरेका हुन्। 

प्रतिपरिवार २५ केजी चामल, पाँच केजी दाल, एक लिटर खानेतेल र एक केजी वितरण गरिएको वडा सदस्य विमल पोखरेलले बताए।

वडाका एक सय विपन्न परिवारलाई राहत वितरण गर्ने लक्ष्य लिएको भएपनि हुनेखाने परिवारले समेत राहत लिन भीड जम्मा गरेकाले आजलाई स्थगित गरिएको उनले बताए।

'दैनिक रोजगारी गर्ने, विपन्न र सुकुम्वासीलाई राहत वितरण गर्ने उद्देश्य रहेको छ। तर लकडाउनबाट आर्थिक समस्या नहुनेहरुको अत्यधिक भीडले कोरोना भाइरसको सङ्क्रमण फैलिने जोखिम देखिएकाले राहत वितरण स्थगित गरिएको छ' उनले भने।
 
वडामा विपन्न समुदायलाई खाद्यन्न सहयोग गर्न धेरै दाताहरु उत्सुक रहेको तर हुनेखाने परिवारको भीडले समस्या परेकाले आवश्यक छानवीन र सवैको सहयोगमा भोलिदेखि पुनः राहत वितरण  गरिने अर्का वडा सदस्य रिङ्कु परियारले जानकारी दिए।

प्रकाशित मिति: : 2020-03-30 13:54:27

प्रतिकृया दिनुहोस्