प्रदेश राहत कोषमा सिटिजन्स र कृषि विकास बैंकको सहयोग

बिमला गुप्ता

जनकपुरधाम

सिटिजन्स बैंक र कृषि विकास बैंकले कोरोना भाइरस नियन्त्रण तथा उपचार राहत कोषमा सात लाख र पाँच लाख रकम जम्मा गरेको छ।


कोरोना भाइरस नियन्त्रण तथा यसका पीडितहरुलाई सहयोग गर्ने उद्देश्यले प्रदेश सरकारद्वारा स्थापना गरेको कोषमा उक्त रकम जम्मा गरेको हो। दुबै बैंकका प्रतिनिधिहरुले मंगलवार मुख्यमन्त्री लालबाबु राउतलाई चेक हस्तान्तरण गरेका हुन्।

प्रकाशित मिति: : 2020-03-31 19:49:50

प्रतिकृया दिनुहोस्