कुमारी बैंकद्वारा १० लाख सहयोग

रासस

काठमाडौँ

कुमारी बैंक सुर्खेत शाखाले कर्णाली प्रदेश विपद् व्यवस्थापन कोषमा  रु १० लाख सहयोग गरेको छ। त्यस्तै राष्ट्रिय अपाङ्ग महासङ्घ, कर्णाली प्रदेशले रु ५१ हजार कोषमा सहयोग गरेको छ।

 बैंकका सुर्खेत शाखा प्रबन्धक हिमालप्रसाद मुडभरी र महासङ्घ, कर्णाली प्रदेश अध्यक्ष विष्णुप्रसाद शर्माले सो रकमको चेक प्रदेश सरकारका आन्तरिक मामिला तथा कानूनमन्त्री नरेश भण्डारीलाई हस्तान्तरण गरेका थिए।

प्रकाशित मिति: : 2020-04-02 10:46:05

प्रतिकृया दिनुहोस्