खाद्यान्न वितरण

रासस

काठमाडौँ 

आर्ट अफ लिभिङ, नेपाल च्याप्टरले आज राजधानीका  विभिन्न स्थानमा बसोबास गर्ने चार हजार परिवारलाई खाद्यान्न वितरण गरेको छ।

 च्याप्टरलाई–चामल, दाल, चिउरा, तेल, नून, चाउचाउ र साबुनलगायतका खाद्यान्न विभिन्न क्षेत्रका समाजसेवी तथा व्यापारीबाट प्राप्त भएको च्याप्टरका अध्यक्ष शिद्देश्वरकुमार सिंहले बताए।
  
आर्ट अफ लिभिङ संस्था श्री श्री रविशङ्कर अध्यात्मिक गुरुद्धारा स्थापित धार्मि क संस्था हो।  उक्त संस्थाले ध्यान, योग र ज्ञानको साधनासम्बन्धी प्रवचन दिँदै आएको छ। खाद्यान्न विश्वमा फैलिरहेको कोभिड–१९ को महामारीमा आआफ्ना घरघरमा क्वारेन्टाइनमा बस्दै आएका–नेत्रहीन, विकलाङ्ग तथा अति विपन्न परिवारलाई वितरण गरिएको खाद्यान्न वितरणका संयोजक तथा संविधानसभा सदस्य विमल केडियाले बताए। 
 
स्थानीय निकायसँग समन्वय गरी संस्थाले नारायणटार, कपन, नखिकोट र गोदावरी नगरपालिकाका विभिन्न वडामा बसोबास गर्ने समुदायका सदस्यलाई कूल चामल २० हजार दाल छ हजार चिउरा आठ हजार केजी, तेल चार हजार लिटर, नुन ४ हजार केजी र चाउचाउ ४० हजार पाकेट वितरण गरिएको हो। सो संस्थाले चैत २१ शुक्रबार सूर्यविनायक नगरपालिका, भक्तपुरमा ५०० परिवारलाई उक्त  खाद्यान्न वितरण गर्ने भएको छ। 

प्रकाशित मिति: : 2020-04-02 18:18:17

प्रतिकृया दिनुहोस्